कानूनमन्त्री हिक्मत कार्कीलाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी | Khabarhub Khabarhub

कानूनमन्त्री हिक्मत कार्कीलाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

कार्कीले सोमबार सामाजिक विकास मन्त्रीको रूपमा पनि पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले एकीकृत एम्वुलेन्स तथा पूर्व–अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ मा बमोजिम प्रादेशिक एकीकृत एम्वुलेन्स तथा पूर्व–अस्पताल व्यवस्थापन समिति गठनसम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरूले स्वागत गरेका थिए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ८ : ५० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम