लुम्बिनी प्रदेशमा प्रहरीले थाल्यो बाल बिवाह विरुद्धको अभियान | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशमा प्रहरीले थाल्यो बाल बिवाह विरुद्धको अभियान


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले बाल बिवाह विरुद्धको १५ दिने अभियान सुरु गरेको छ ।

बाल विवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न अभियान संचालन गरेको प्रदेश प्रहरीले जानकारी दिएको हो ।

१५ दिनको अवधिमा नगरपालिका, गाउँपालिका, वडा, र विभिन्न संघसंस्थासंग समन्वय गरेर एक हजार २ सय ३१ वटा जनचेतनामुलुक कार्यक्रम गर्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

बाल विवाहकै कारण शारीरिक तथा मानसिक समस्या, घरेलु हिंसामा वृद्धि लगायतका विकृति सिर्जना हुने भएको हुँदा न्युनिकरणका लागि प्रहरीले अभियान सुरु गरेको  वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताए ।

प्रहरीले अभियानका क्रममा बजार र राजमार्गमा व्यानर तथा प्लेकार्ड राख्ने, नागरिकहरुको बढी भिडभाड र हिडडुल गर्ने स्थानमा पोष्टर टाँस्ने, गाउँघरमा माईकिङ गर्ने जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १० : ३० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम