राष्ट्रिय एकता अभियानद्वारा काठमाडौं र सप्तरीमा सरकार विरोधी प्रदर्शन | Khabarhub Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा काठमाडौं र सप्तरीमा सरकार विरोधी प्रदर्शन


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीमा पनि सरकारले जनताका पक्षमा काम गर्न नसकेको भन्दै राष्ट्रिय एकता अभियानले काठमाडौँ र सप्तरीमा विरोध प्रदर्शन गरेको छ ।

अभियानले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारका लागि खर्च गरिएको भनिएको १२ अर्ब रूपैयाँको विवरण पारदर्शिता हुनुपर्ने माग गरेको छ ।

सरकारले महामारी सुरू भएपछि राहतस्वरूप १२ किलो चामल दिएकै भरमा झारा टार्न खोजेको भन्दै सहभागीहरूले सरकारविरूद्ध नाराबाजी गरेका थिए ।

चैत्र ११ यता जनजीवन सहज नहुँदा जनता अप्ठ्यारोमा परेकाले सरकारलाई दबाब दिन महामारीकै बीच विरोध प्रदर्शन गरिएको  अभियानका उपाध्यक्ष सुनिता शाहले जानकारी दिए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  १२ : २७ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार