वेष्ट इण्डिजविरूद्धको सिरिज इङ्ल्याण्डलाई | Khabarhub Khabarhub

वेष्ट इण्डिजविरूद्धको सिरिज इङ्ल्याण्डलाई


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरेलु टोलि इंग्लाण्डले वेष्ट इण्डिजविरुद्धको तीन खेलको टेस्ट सिरिज २-१ ले जीतेको छ ।

म्यानचेस्टरमा मंगलबार तेस्रो तथा अन्तिम टेस्टमा वेष्ट इण्डिजलाई २ सय ६९ रनले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २-१ ले जीतेको हो ।

ओल्ड ट्राफोर्डमा इंग्ल्याण्डले दिएको ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज दोस्रो इनिङ्समा १ सय २९ रन जोड्दा अलआउट भयो ।

इंग्ल्याण्डका बलर चम्किएपछि वेष्ट इण्डिजका साई होपले सर्वाधिक ३१ रन बनाए । यस्तै जेर्मिने ब्लाकवुडले २३ तथा साम्रह ब्रुक्सले २२ रन बनाए ।

इंग्ल्याण्डका क्रिस वोक्सले ५ तथा स्टुवार्ट ब्रोडले ४ विकेट लिए । ब्रोडले यस खेलसँगै करियरको ५०० टेस्ट विकेट समेत पुरा गरेका छन् ।

ब्रोड यो उपलब्धि हासिल गर्ने सातौं बलर हुन् । उनले क्रेग ब्रेथवेटको विकेट लिँदै ५०० विकेट पार गरेका हुन् ।

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६९ रन बनाएको थियो ।

पहिलो इनिङ्समा वेष्ट इण्डिज १ सय ९७ रनमा अलआउट भएको थियो ।

पहिलो टेस्टमा वेष्ट इण्डिज ४ विकेटले बिजयी भएको थियो । तर, दोस्रो टेस्टमा १ सय १३ रनको जीत निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ५ : ५४ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित