सुविधासम्पन्न प्रहरी भवनमा बाख्रापालन ! | Khabarhub Khabarhub

सुविधासम्पन्न प्रहरी भवनमा बाख्रापालन !


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पामा नेपाल प्रहरीको मातहतमा रहेको एउटा सुविधासम्पन्न भवन प्रयोगविहीन अवस्थामा छ । जिल्ला प्रहरी परिसरदेखि पाँच सय मिटर दूरीमा रहेको उक्त भवन बाख्रा र कुखुरापालनका लागि खोरका रुपमा प्रयोग हुँदै आएको छ ।

विसं २०४९ पुसमा निर्मित प्रयोगविहीन कक्षसहित १३ कोठाका दुई भवन जिल्ला प्रहरी कार्यालयमा कर्मचारीका परिवारलाई बाख्रा र कुखुरा पाल्ने खोरका रुपमा परिणत भएको छ ।

जिल्ला सदरमुकामको बजार क्षेत्रबाट एकान्त स्थानमा रहेको उक्त भवन परिसरमा मनमोहक वातावरणका साथै मन्दिर तथा खेल मैदान पनि छन् । सरकारी बजेटमा बनेका भवन सरकारी प्रयोजनकै लागि व्यवस्थापन गर्नुपर्नेमा बेवारिसे बनाउनु सरकारी सम्पत्तिको दुरुपयोग भएको पूर्वसांसद लेखनाथ आचार्यको भनाइ छ ।

प्रहरी नायब निरीक्षकको नेतृत्व रहने गरी नेपाल प्रहरीकै एउटा टुकडी राख्न निर्मित सो भवनमा रहने टुकडी पनि जिल्ला प्रहरी कार्यालय मातहतमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

‘जिल्ला प्रहरी कार्यालयमा रहेका भवनबाट सवै काम हुने भएपछि उक्त भवनको आवश्यकता नपरेको प्रहरी नायय उपरीक्षक गुरुङ बताउँछन् । गृह मन्त्रालयकै एक कार्यालयको भवन यसरी प्रयोगविहीन भइँरहदा सोही मन्त्रालयको अर्को निकाय सशस्त्र प्रहरी बलको रोल्पास्थित गुल्म भने भवन अभावमा सदरमुकाम लिवाङदेखि ५ किलोमिटर दूरीमा एकान्त जंगलको बीचमा रहेको एक सरकारी भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।

सशस्त्र बलको कार्यालयमा टेलिफोन तथा इन्टरनेटको पहुँच नहुँदा सशस्त्र प्रहरीको दैनिक कार्य सञ्चालन जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयको एक कोठाबाट गरिँदै आएको छ ।

कुल रु ६ करोड ६७ लाखको लागतमा निर्माण गरिने ती भवनमध्ये केही सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन छन् । हाल महिला तथा बालबालिका सेल, प्रहरी आवास, प्रशासनिक भवन, प्रहरी निरीक्षक आवास तथा हिरासत भवन निर्माण गरिएको छ । सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्षले ध्वस्त पारेकामध्ये चार इलाका प्रहरी कार्यालय भवन निर्माण भइसकेका छन् ।

जिल्लाका पोवाङ, सुलिचौर, होलेरी र घर्तीगाउँमा ती कार्यालय निर्माण भइसकेका छन् भने इलाका प्रहरी कार्यालय थवाङ र जुगारमा निर्माण भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ११ : ०४ बजे

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या धेरै

महोत्तरी– महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघरको समस्याबाट पीडित भएको

मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ

काठमाडौँ– विभिन्न आपराधिक गतिविधिमा संलग्न दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले

पाकिस्तान सुपर लिगको उपाधि इस्लामावादलाई

काठमाडौँ– पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटको उपाधि इस्लामावाद युनाइटेडले जितेको

मिटरब्याज पीडितका गुनासा सुनुवाइका लागि सहजीकरण डेस्क स्थापना गर्न गृहको निर्देशन

काठमाडौँ– गृहमन्त्रालयले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल

शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर– प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको