२० गते फेरि बस्नेगरी सकियो नेकपा सचिवालय बैठक « Khabarhub

२० गते फेरि बस्नेगरी सकियो नेकपा सचिवालय बैठक


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

बुधवार साँझ बालुवाटारमा तीन घन्टा चलेको सचिवलय बैठकमा पार्टी भित्रका आन्तरिक समस्या पार्टी एकताको सुदृढीकरण र स्थायी कमिटीको बैठकको बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालयको अर्को बैठक २० गते पुन बस्ने र उक्त बैठकले स्थायी कमिटी बैठक बारे निर्णय गर्ने उनले बताए ।

‘पार्टी भित्र आन्तरिक समस्या पार्टी एकताको सुदृणिकरणका्े महत्व सरकार र केही कमरेडले माग गरेको स्थायी कमिटीको बारेमा र त्यससँग जोडिएका विभिन्न पक्षका बारेमा गम्भीर विचारविमर्श भयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने,’छलफल जारी छ । यस बीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्यको कुरालाई अघि बढाउँदै यही २० गते पुन सचिवालयको बैठक बस्ने निर्णय गरेको छ । ‘

सचिवालयको बैठकले अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध रुपमा अगाडि बढाउने र जनादेश अनुसार सामाजिक आर्थिक रुपान्तरणलाई अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ९ : ०५ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको