लकडाउनको मौका छोपेर रेस्टुरेन्टबाट कम्प्युटरदेखि कचौरासम्म चोरी | Khabarhub Khabarhub

लकडाउनको मौका छोपेर रेस्टुरेन्टबाट कम्प्युटरदेखि कचौरासम्म चोरी


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूर्यविनायक– कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउनको मौका छोपेर पछिल्लो समय शहरी क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन् ।

मंगलबार राति मात्रै भक्तपुरको सूर्यविनायक नगरपालिका-९ भातेढिकुरमा एउटा रेस्टुरेन्टमा चोरी भएको छ । प्रहरीका अनुसार स्थानीय दिनेश बस्नेतको रुवोसा रेस्टुरेन्ट एण्ड रिसोर्टबाट करिब ४ लाख २ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

उक्त रिसोर्टबाट टीभी १ थान, म्युजिक सिस्टम १ थान, ल्यापटप १ थान, क्यामेरा मनिटर १ थान, चरेसको प्लेट, थाल र कचौरा ७२ थान लयातका सामानहरु गरी उक्त रकम बराबरको धनमाल चोरी भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ४१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार