ओलीको पक्षमा बालुवाटारमा हस्ताक्षर संकलन | Khabarhub Khabarhub

ओलीको पक्षमा बालुवाटारमा हस्ताक्षर संकलन


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षधर सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।

बुधवार प्रधानमन्त्री ओलीले सांसदहरुलाई बालुवाटार बोलाएर हस्ताक्षर गराएका हुन् ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको चर्चाका बीच सांसदहरुले हस्ताक्षर गरेका हुन् ।

केपी ओली नेतृत्वको सरकारको प्रतिरक्षाका लागि आफूहरुले हस्ताक्षर गरेको संघीय सांसद कृष्ण राईले जानकारी दिए ।

प्रधानमन्त्री नै फेर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीको प्रतिरक्षा गर्नु नै पर्यो, त्यसैले हस्ताक्षर गर्ने काम भयो, राईले भने ।

राइले ओलीको पक्षमा बहुमत सांसदले हस्ताक्षर गरेको दाबी गरे ।

नेकपा सांसद महेश बस्नेतले प्रधानमन्त्री विरुद्ध मोर्चाबन्दी भइरहेको भन्दै हस्ताक्षर संकलनले त्यस्ता मोर्चाबन्दी रोकिने दाबी गरे ।

प्रधानमन्त्री ओली विरुद्ध विभिन्न नाममा मोर्चाबन्दी रहेका छन् । बहुमत सांसदहरुको साथ पाएपछि मोर्चाबन्दी गर्नेहरुले थाहा पाउनेछन् उनले भने ।

सांसद बस्नेतले पार्टी विभाजन रोक्नका लागि बहुमत देखाउनु परेको बताए ।

सांसद बस्नेतले ओलीको पक्षमा १०० भन्दा धेरै सांसद रहेको दाबी गरे ।

नेकपामा १ सय ७२ सांसद रहेका छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ ।

पछिल्लो केही दिन यता नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  २ : ५२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम