अमेरिकामा कोरोना संक्रमित मोक्तानले अस्पतालबाटै भने : ‘घरभित्रै बस्नुहोस्, दूरी कायम गर्नुहोस्’ | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमित मोक्तानले अस्पतालबाटै भने : ‘घरभित्रै बस्नुहोस्, दूरी कायम गर्नुहोस्’


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी महामारीका रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमण रोक्न विश्व समुदाय प्रयासरत रहेको छ । आ-आफ्नो मुलुकमा उनीहरुले सुरक्षा सतर्कता अपनाइरहेका छन् ।

अनुसन्धानकर्ताहरुले कोरोनाविरुद्धको उत्तम विकल्प भनेको आइसोलेसन अर्थात होम क्वारेन्टाइन नै भएको बताइरहेका छन् ।

यसै सन्दर्भमा कोरोना भाइरसको संक्रमणका कारण न्युयोर्कमा उपचाररत एक जना नेपालीले अस्पतालको शय्याबाटै सन्देश जारी गर्दै भनेका छन्- ‘कोरोनाबाट बच्न घरभित्रै बस्नुहोस्, दूरी कायम गर्नुहोस् ।’

केही दिन अघि कोरोना संक्रकमणको पुष्टि भएका शम्भु मोक्तानले अमेरिकामा रहेका नेपालीहरु लगायत सबैलाई कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन यस्तो सन्देश जारी गरेका हुन् ।

उनले सबैलाई घरभित्रै बस्न र सामाजिक दूरी कायम गर्न आह्वान गरेका छन् । उनले कोरोना संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।

उनले कोरोनाको लक्षण देखिएको उपचारका लागि अस्पताल जान आग्रह गरेका छन् भने अरुलाई संक्रमण हुन नदिन सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

यदी लक्षण देखिएको छैन भने पनि अरुबाट संक्रमण हुने खतरा रहेको हुँदा सबैलाई घरमै बस्न अनुरोध गरेका छन् ।

उनको न्युयोर्कको लङ आइल्याण्डमा रहेको जुइस अस्पतालमा उपचार भइरहेको छ । उनी गत सोमबार अस्पताल भर्ना भएका हुन् ।

उनले आफूमा देखिएको लक्षण र बाहिर भनिएको लक्षण एउटा पनि नमिले पनि कोरोनाको परीक्षणमा पोजेटिभ देखिएको बताएका छन् । उनले आफू कष्टमा रहेको भन्दै सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेका छन् । आफ्नो स्वास्थ्य लाभको कामना गरिदिन समेत आग्रह गरेका छन् ।

उलने आज विहानमात्र फेसबुककमा स्टाटस लेख्दै भनेका छन्- म जोखिमबाट मुक्त भएको छु, सम्भवतः चिकित्सकले मलाई भोलि बिहान डिस्चार्ज गर्ने छन् । यो सबै तपाईंहरुको माया र प्रार्थनाले गर्दा भएको हो ।’

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अहिले अमेरिका निकै चपेटामा छ । पछिल्लो समय संक्रमणको सबैभन्दा धेरै केश अमेरिकामा नै देखिएको छ ।

आइतबार विहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको जनाइएको छ ।

हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८५ जना नयाँ संक्रमित देखिएका हुन् । अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुकक हुँदै अमेरिकामा गम्भीर अवस्थामा देखिएको छ ।

विश्वभरीमा ६ लाख ६२ हजार ५ सय ६१ जना संक्रमित भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ५७ जना संक्रमित देखिएका हुन् । विश्वभर ३० हजार ८ सय ३९ ले ज्यान गुमाएका छन् ।

विश्वव्यापी रुपमा हेर्ने हो भने एकै दिन ३ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । १ लाख ४१ हजार ४ सय ६८ जना उपचारपछिन निको भएका छन् भने ४ लाख ९० हजार २ सय ३४ जनाको उपचार भइरहेको जनाइएको छ । २५ हजार ५ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ९ : ५४ बजे

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा

सिधाकुरा प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगायो

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनलाई स्टिङ अपरेसनको विवादास्पद अडियो

आतंककारी च्यानल भन्दै इजरायलले अल जजिरालाई लगायाे प्रतिबन्ध 

काठमाडौं– इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको

जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई विभाजन