अमेरिकामा कोरोना संक्रमित मोक्तानले अस्पतालबाटै भने : ‘घरभित्रै बस्नुहोस्, दूरी कायम गर्नुहोस्’ « Khabarhub

अमेरिकामा कोरोना संक्रमित मोक्तानले अस्पतालबाटै भने : ‘घरभित्रै बस्नुहोस्, दूरी कायम गर्नुहोस्’


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी महामारीका रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमण रोक्न विश्व समुदाय प्रयासरत रहेको छ । आ-आफ्नो मुलुकमा उनीहरुले सुरक्षा सतर्कता अपनाइरहेका छन् ।

अनुसन्धानकर्ताहरुले कोरोनाविरुद्धको उत्तम विकल्प भनेको आइसोलेसन अर्थात होम क्वारेन्टाइन नै भएको बताइरहेका छन् ।

यसै सन्दर्भमा कोरोना भाइरसको संक्रमणका कारण न्युयोर्कमा उपचाररत एक जना नेपालीले अस्पतालको शय्याबाटै सन्देश जारी गर्दै भनेका छन्- ‘कोरोनाबाट बच्न घरभित्रै बस्नुहोस्, दूरी कायम गर्नुहोस् ।’

केही दिन अघि कोरोना संक्रकमणको पुष्टि भएका शम्भु मोक्तानले अमेरिकामा रहेका नेपालीहरु लगायत सबैलाई कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन यस्तो सन्देश जारी गरेका हुन् ।

उनले सबैलाई घरभित्रै बस्न र सामाजिक दूरी कायम गर्न आह्वान गरेका छन् । उनले कोरोना संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।

उनले कोरोनाको लक्षण देखिएको उपचारका लागि अस्पताल जान आग्रह गरेका छन् भने अरुलाई संक्रमण हुन नदिन सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

यदी लक्षण देखिएको छैन भने पनि अरुबाट संक्रमण हुने खतरा रहेको हुँदा सबैलाई घरमै बस्न अनुरोध गरेका छन् ।

उनको न्युयोर्कको लङ आइल्याण्डमा रहेको जुइस अस्पतालमा उपचार भइरहेको छ । उनी गत सोमबार अस्पताल भर्ना भएका हुन् ।

उनले आफूमा देखिएको लक्षण र बाहिर भनिएको लक्षण एउटा पनि नमिले पनि कोरोनाको परीक्षणमा पोजेटिभ देखिएको बताएका छन् । उनले आफू कष्टमा रहेको भन्दै सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेका छन् । आफ्नो स्वास्थ्य लाभको कामना गरिदिन समेत आग्रह गरेका छन् ।

उलने आज विहानमात्र फेसबुककमा स्टाटस लेख्दै भनेका छन्- म जोखिमबाट मुक्त भएको छु, सम्भवतः चिकित्सकले मलाई भोलि बिहान डिस्चार्ज गर्ने छन् । यो सबै तपाईंहरुको माया र प्रार्थनाले गर्दा भएको हो ।’

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अहिले अमेरिका निकै चपेटामा छ । पछिल्लो समय संक्रमणको सबैभन्दा धेरै केश अमेरिकामा नै देखिएको छ ।

आइतबार विहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको जनाइएको छ ।

हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८५ जना नयाँ संक्रमित देखिएका हुन् । अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुकक हुँदै अमेरिकामा गम्भीर अवस्थामा देखिएको छ ।

विश्वभरीमा ६ लाख ६२ हजार ५ सय ६१ जना संक्रमित भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ५७ जना संक्रमित देखिएका हुन् । विश्वभर ३० हजार ८ सय ३९ ले ज्यान गुमाएका छन् ।

विश्वव्यापी रुपमा हेर्ने हो भने एकै दिन ३ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । १ लाख ४१ हजार ४ सय ६८ जना उपचारपछिन निको भएका छन् भने ४ लाख ९० हजार २ सय ३४ जनाको उपचार भइरहेको जनाइएको छ । २५ हजार ५ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ९ : ५४ बजे

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न