माल्टामा कार्यरत नेपालीको धमाधम भिसा रद्द | Khabarhub Khabarhub

माल्टामा कार्यरत नेपालीको धमाधम भिसा रद्द


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले चपेटामा परेपछि युरोपियन मुलुक माल्टाले नेपालीहरुको भिसा धामधम रद्द गर्न थालेको छ ।

भिसा रद्द हुन थालेपछि माल्टामा कार्यरत ३ हजार ५ सय भन्दा बढी नेपाली अन्यौलमा पर्न थालेका छन् ।

होटल, रेष्टुरा, लज, बार, सिनेमा हल, क्यासीनो लगायतमा कार्यरत नेपालीहरु भिसा रद्द हुन थालेपछि चिन्तित बनेका हुन् ।

टापु राष्ट्र माल्टा पर्यटकीय गन्तव्यको रुपमा चिनिए पनि कोरोना भाइरसको संक्रमणले त्यहाँको पर्यटकीय क्षेत्र ठप्प छ ।

माल्टामा मार्च ७ मा १२ वर्षीया इटालियन बालिकाबाट सुरु भएको कोरोना संक्रमण शनिबार दिउँसोसम्म १ सय ५० जनामा पुगेको छ । अहिलेसम्म कोही पनि नेपाली संक्रमित छैनन् ।

तर पनि कोरोना भाइरसको संक्रमणले व्यवसाय बन्द हुन थालेपछि रोजगादाता कम्पनीहरुले अब काम दिन नसकिने बताउँदै नेपाली श्रमिकहरुलाई धमाधम जागिरबाट निकाल्न थालेका छन् ।

गैह्र आवासीय नेपाली संघ माल्टाका अध्यक्ष राजु अर्याल “बाबु” का अनुसार रोजगादाता कम्पनी एसएसएमले आफ्ना ४० जना कामदारको भिसा रद्दका लागि प्रकृया थालेको छ ।

यस्तै टोटल म्यानेज्मेन्ट कम्पनीले २ सय ३४ जनाको भिसा रद्द गर्न कामदारहरुलाई निवेदन दिइसकेका छन् ।

केही कम्पनीहरुले भने अहिले आफ्ना कामदारहरुसँग भिसा रद्दको सट्टा केही शर्तनामा अघि सारेका छन् ।

कम्तिमा २ देखि ३ महिनासम्म समय दिने, त्यतीबेला सम्म अन्य कम्पनी खोजेर काम गर्न भनेका छन् । सो अवधिमा खान र बस्न दिए पनि तलब नदिने बताएका छन् ।

करिब ५ लाख जनसख्या रहेको टापु राष्ट्र माल्टा दक्षिण इटालीबाट ८० किलोमिटरको जल यात्राको दूरीमा पर्दछ ।

सन् १९८३ मा नेपाल र माल्टाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको हो । माल्टामा नेपाली राजदूताबास तथा नियोग छैन, बेलायतस्थित नेपाली नियोगले नै माल्टालाई पनि हेर्दै आएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : ४७ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार