एसीसी इस्टर्न रिजन टी - ट्वान्टी : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल | Khabarhub Khabarhub

एसीसी इस्टर्न रिजन टी – ट्वान्टी : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी इस्टर्न रिजन टी-ट्वान्टी कप क्रिकेटमा नेपालले अहिले आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले टस जीतेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।

मलेसियाविरुद्ध नेपाल जीत निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । उपाधि जीत्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम समेत मानिएको छ ।

मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । हालै हङकङविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो । त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ ।

प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा प्रतिस्पर्धा गर्न पाउँनेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १२ : ४४ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत