शहीद गंगालाल हृदय रोग केन्द्रमा अब मोबाइलबाटै टिकट काट्ने व्यवस्था | Khabarhub Khabarhub

शहीद गंगालाल हृदय रोग केन्द्रमा अब मोबाइलबाटै टिकट काट्ने व्यवस्था


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले मोबाइलबाट नै ओपिडी सेवाको टिकट काट्न सुरु गरेको छ।

अस्पतालको २४ औं वार्षिकोत्सवका अवसरमा मोबाइल र अनलाइन टिकट सेवाको सुरुवात गरिएको कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।

मोवाइलबाटै टिकट काट्ने व्यवस्थाले अस्पतालमा टिकट काट्नकै लागि हुने भीडभाडको अन्त्य भएको छ भने बिरामीले घण्टौसम्म लाइन लाग्नु पर्ने बाध्यता पनि हटेको छ ।

प्रभु पे मोबाइल वालेट मार्फत बिरामी वा आफन्तले घरमा बसेर नै टिकट काट्न सक्नेछन्।

सरकारी अस्पतालमा मोबाइलबाटै टिकट काट्ने व्यवस्था मिलाउने गंगालाल अस्पताल दोस्रो हो । यसअघि सिभिल अस्पतालले मोबाइलबाटै टिकट काट्ने व्यवस्था मिलाइ सकेको छ ।

केन्द्रको २४ औं स्थापना दिवसकै अवसरमा काठमाडौं महानगरपालिकाले गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति गरेको छ ।

सहमतिपत्रमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले हस्ताक्षर गरे।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : ५१ बजे

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा