नेकपाको व्यानरबाट मार्क्स–लेनिनको फोटो गायब ! | Khabarhub Khabarhub

नेकपाको व्यानरबाट मार्क्स–लेनिनको फोटो गायब !


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृहमा बैठकको बुधवार(आज) उद्घाटन भएको हो ।

उद्घाटन शत्रमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा राखेका छन् ।

साढे २ घन्टा भन्दा लामो समय भाषण गरेको प्रधानमन्त्री ओलीले सरकारको काम कारवाहीको लामो सूची सुनाएका थिए । उनले एमसीसी, सीमा विवाद, गोकर्ण रिसोर्ट लिजमा दिँदा उत्पन्न विवादका बारेमा आफ्नो धारणा राखेका थिए ।

२० गतेसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठनिक एवं विधान संशोधनको प्रस्ताव पेश गर्नेछन् ।

नेकपामा ४ सय ४५ जना केन्द्रीय सदस्य रहेका छन् ।

मार्क्स र लेनिनको फोटो गायव !

कम्युनिस्ट पार्टी भन्ने वित्तिकै त्यसका आदर्श व्यक्तिहरुमा कार्ल मार्क्स र एंगल्स, लेनिनलगायतलाई लिने गरिएको छ ।

मार्क्स र एंगल्सले लेखेको ‘कम्युनिस्टको घोषणा पत्र’ र लेनिनले गरेको त्यसको प्रयोग र संगठनात्मक स्वरुपलाई अवलम्बन गर्ने पार्टीहरुलाई कम्युनिस्ट पार्टी भन्ने गरिन्छ र उनीहरुले पनि आफ्ना आदर्शको रुपमा ति नेताहरुलाई नै लिने गरेका छन् ।

नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुले आयोजना गर्ने कार्यक्रममा मार्क्स, एंगल्स लगायतकाको फोटो राख्ने गरिएको छ ।

नेपालका वामपन्थीहरुले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको तस्वीर कार्यक्रमहरुमा राख्ने गरेका छन् भने तत्कालिन नेकपा एमालेले पूर्व महासचिव मदन भण्डारीलाई जननेताको रुपमा लिँदै उनको तस्वीरलाई महत्वका साथ कार्यक्रमहरुमा प्रस्तुत गर्दै आएको छ ।
तत्कालीन माओवादी केन्द्रले भने मार्क्स, एंगल्स, लेनिन, स्टालिन र माओको फोटो राख्दै आएको थियो । दुई पार्टीबीच एकता भएपछिका कार्यक्रमहरुमा पनि मार्क्स, एंगल्स र लेनीनको फोटो राख्ने गरिएको थियो ।

तर, नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन स्थलमा राखिएको ठूलो व्यानरमा भने वामपन्थीका आदर्श व्यक्तिको तस्वीर देख्न पाइँदैन ।

यसअघि हरेक जसो कार्यक्रममा राखिने गरिएका ति आदर्श व्यक्तिको तस्वीर हटाइएको विषयमा नेकपाको केन्द्रीय कमिटी बैठकमा उपस्थित नेताहरु‘खुसामत’ गरिरहेका थिए ।

बैठकमा राखिएको व्यानरमा नेपाली वाम आन्दोलनका दुई हस्तीहरुको तस्वीरमात्र देख्न सकिन्छ । पुष्पलाल र मदन भण्डारी ।

एकताअघि तत्कालीन नेकपा एमाले ले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र तत्कालीन नेकपा ९एमाओवादी केन्द्र० ले एक्काइसौँ शताब्दीको जनवादको नीति अँगालेका थिए ।

पार्टी एकतापछि नेकपाको २०७५ जेठ ३ गते सम्पन्न प्रथम केन्द्रीय कमिटीको बैठकबाट पारित ‘अन्तरिम विधान, २०७५’ मा ‘पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवादोन्मुख छ’ भनिएको थियो ।

तत्कालीन एमालेका महासचिव जननेता मदनकुमार भण्डारीले नेपाली भूराजनीतिक अवस्थालाई ध्यान दिँदै माक्र्सवाद–लेलिनवादको सिर्जनात्मक प्रयोगका रूपमा विसं २०४९ मा सम्पन्न पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको ‘जबज’ कम्युनिष्ट पार्टीको लोकतान्त्रिकीरणका लागि पृथक र लोकप्रिय मानिन्छ ।

यद्यपि मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा गइसकेपछि तत्कालीन एमालेभित्र जबजको परिमार्जनबारे बहस भएको थियो । तत्कालीन माओवादी केन्द्र र कतिपय कम्युनिष्ट घटकले ‘जबज’ संसदीय राजनीतिक प्रणालीकै पक्षमा रहेकाले यसबाट जनवादी क्रान्ति पूरा नहुने टिप्पणी गर्दै आएका थिए ।

जबजका मुख्य विशेषता ‘संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यता’ लाई भने नेकपाको विधानले समेटेको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ३ : ४९ बजे

लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत कानून संशोधन स्वागतयोग्य : महासंघ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन

नेपाल-कतार संयुक्त वाणिज्य परिषद्‌ स्थापना

काठमाडौं – नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

काठमाडौं– काठमाडौँ–विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी