चीनबाट विदेशीको उद्धार सुरु, कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै | Khabarhub Khabarhub

चीनबाट विदेशीको उद्धार सुरु, कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार उकालो लागेर करिब ६ हजार पुग्दै गर्दा विभिन्न देशहरूले आफ्ना नागरिकहरूको उद्धार सुरु गरेका छन् ।

नयाँ भाइरस सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेको अधिकारीहरूले पुष्टि गरेका छन् । त्यो सङ्ख्या १७ वर्षअघि फैलिएको अर्को कोरोनाभाइरस सङ्क्रमण सार्सको भन्दा बढी हो ।

अहिलेसम्म यसका कारण १३२ जनाको ज्यान गइसकेको छ। चिनियाँ चिकित्सा अधिकारीहरूले सङ्क्रमितहरूको सङख्या अर्को सातासम्म बढ्ने क्रममा नै रहनसक्ने बताएका बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच जापान र अमेरिकाले चीनमा रहेका आफ्ना नगरिकहरुको उद्धार गरेका छन् ।

जापानले उद्धार गरेका जापानीहरूले वुहानबाट टोक्यो पुग्दा आफूहरूले ठूलो राहत पाएको अनुभव साटेका छन् । भाडामा लिइएको एक विशेष विमानमा उनीहरूलाई उडाइएपछि विमान भित्रै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

अमेरिकाले भाडामा लिएको विमान अलास्का पुगेको बताइएको छ । अस्ट्रेलिया, न्यूजील्यान्ड र युरोपेली सङ्घ ईयूले पनि आफ्ना नागरिक वुहानबाट बाहिर लैजाने योजना बनाएको छ ।

अस्ट्रेलियाले आफ्ना नागरिकहरूलाई क्रिसमस टापु पुर्‍याएर उनीहरूको स्वास्थ्य जाँच गरेपछि मात्र घर फर्कन दिने योजना बनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ३ : १० बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय