एस्टन भिल्ला काराबाओ कप फुटबलको फाइनलमा | Khabarhub Khabarhub

एस्टन भिल्ला काराबाओ कप फुटबलको फाइनलमा


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला लिग कप (काराबाओ कप) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लिगमा घरेलु टोली लेस्टर सिटीलाई एस्टन भिल्लाले २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । समग्रमा ३–२ को जितसहित फाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा लेस्टर सिटीले १–१ को बराबरी खेलेको थियो । मंगलबार राति भएको खेलमा टार्गेटले १२ औँ मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई सुरुवाति अग्रता दिलाए । पछि परेको लेस्टर सिटीका लागि ७२ औँ मिनेटमा केलिची इहिनाचोले बराबरी गोल फर्काए।

एस्टन भिल्लाका लागि इन्जुरी समयको तेस्रो मिनेटमा ट्रेजिगेले विजयी गोल गरे। एस्टन भिल्लाले फाइनलमा म्यानचेस्टर सिटी वा म्यानचेस्टर युनाइटेडको सामना गर्ने छ ।

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : १३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार