चामत्कारिक रुपमा एकै दिनमा चीनले बनायो हस्पिटल ! | Khabarhub Khabarhub

चामत्कारिक रुपमा एकै दिनमा चीनले बनायो हस्पिटल !


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँहरु काममा निकै मेहनती र लगनशील हुन्छन् भन्ने हालै उनीहरुले गरेको एउटा कामले पुष्टि भएको छ ।

उनीहरुले एकै दिनमा अस्पताल निर्माण सम्पन्न गरेका हुन् । बिहान थालिएको अस्पताल निर्माणको काम बेलुकासम्म निर्माण पूरा गरिएको थियो ।

चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि बिरामीहरुको उपचारका लागि उक्त अस्पतालकाे निर्माण गरिएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले कोरोना संक्रमितहरुको उपचारका लागी छुट्टै आपतकालीन अस्पताल निर्माण गर्न निर्देशन दिएका थए ।

कोरोना रोगबाट संक्रमित भएका बिरामीहरुलाई चीनले उक्त आपतकालीन अस्पतालमा राखेर उपचार थालेको छ ।

पछिल्लो तथ्या‌ंक अनुसार चीनमा कोरोनाको संक्रमणबाट १०६ जनाले ज्यान गुमाइसकेका छन् भने ४ हजार भन्दा बढी संक्रमित भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमण नेपाल, अमेरिका, जापान, थाइल्याण्ड, फ्रान्समा लगायतमा पनि देखिएको छ ।

भाइरसको प्रकोपलाई रोक्न चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि तीन दिन पछाडि सारिएको छ । हुबेईको वुहान शहरमा र अन्य शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

५० लाख बढी चिकित्सा कर्मचारी हुबेई प्रान्तमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा सक्रिय भएर लागेका छन् ।

चिनियाँ सरकारले संक्रमण फैलिन नदिँन कारखानाहरु मास्क र सुरक्षात्मक कपडा बनाउनका लागि जुटेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : ५५ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित