ल्याटिन अमेरिकामा शक्तिशाली भूकप्पपछि सुनामीको चेतावनी | Khabarhub Khabarhub

ल्याटिन अमेरिकामा शक्तिशाली भूकप्पपछि सुनामीको चेतावनी


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ल्याटिन अमेरिकी मूलुकहरुमा भूकम्पको झट्का महशुस भएको छ ।

जमैकाको समुद्री तट र पूर्वी क्युबाको सीमामा रहेको क्यारेबियन सागरमा मङ्गलबार साँझ ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प जाँदा त्यसको झड्का ल्याटिन अमेरिकी मूलुकहरुमा महशुस गरिएको हो ।

अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा तथा मोन्टेगो खाडी, जमैकाको १४० किलोमिटर उत्तर–पूर्वी क्षेत्र, निक्वैरो, क्युबाको १४० किलोमिटर पश्चिम–दक्षिणसम्म महसुस गरिएको थियो । भूकम्पपछिको क्षति विवरण प्राप्त हुन सकेको छैन ।

भूकम्पपछि अमेरिकी वैज्ञानिकहरुले समुद्री तटीय क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएका छन । प्रशान्त सुनामी चेतावनी केन्द्रले जमैकाको तटीय इलाकामा सुनामी आउन सक्ने चेतावनी दिएको हो ।

सुनामीको असर जमैका, बेलिज, क्युबा, होन्डुरस, मेक्सिको र केमैन द्वीपमा समेत पर्न सक्ने पूर्बानुमान गरिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : २१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम