कार र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु « Khabarhub

कार र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा आज सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय सन्तोष लिम्बु र सोही स्थानका २६ वर्षीय सुनिल धमलाको मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुईमध्ये लिम्बुको उपचारको लागि मङ्गलबारे अस्पताल र धमलाको विराटनगरस्थित न्यूरो अस्पताल पठाउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कारपियो तथा त्यसका चालक झापाको दमक नगरपालिका–२ बस्ने वर्ष ३७ को लक्ष्मीकुमार धिमाललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : २७ बजे

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै : दलले सिटमा दाबी प्रस्तुत गर्दै

काठमाडौं- संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँडका लागि

माधव नेपालको पार्टीले चुनावी घोषणपत्र तयार गर्न बनायो समिति

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले संघीय र प्रदेश

भागबण्डाले विवादमा एन्फा : आज कार्यसमिति बैठक बस्दै

काठमाडौं- दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)

ताइवानमा अमेरिकाले पाइला राख्दा चीनमा भूकम्प !

काठमाडौँ – अमेरिका संसारमै शक्तिशाली छ, किनकी ऊ कसैसँग अहिलेसम्म

मधेस प्रदेशले माग्यो जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी

काठमाडौं– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका