संसद विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन शुरु | Khabarhub Khabarhub

संसद विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन शुरु


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा प्रदर्शन शुरु गरेको छ ।

आज सोमवार कांग्रेसले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन शुरु गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले भक्तपुरमा गरिने विरोध कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

कांग्रेसले ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै विरोध जनाउँदै आएको छ ।

आज हुने विरोध सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा सम्बोधन गर्नेछन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमााडौं क्षेत्र नम्बर १ मा सम्बोधन गर्नेछन् ।

यस्तै गगन थापाले नेपालगञ्जमा हुने विरोध कार्यक्रममा सम्बोधन गर्नेछन् । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा हुने सभामा सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  २ : ०६ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्