दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्याण्डलाई अग्रता | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्याण्डलाई अग्रता


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्याण्डले १-० को अग्रता बनाएको छ ।

तीन खेलको सिरिज अन्तर्गत शुक्रबार भएको खेलमा घरेलु टिम दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्याण्डले अग्रता बनाएको हो ।

केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

इंग्ल्याण्डको जितमा जोनी बेयरस्टोले अविजित रहँदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै बेन स्टोक्सले ३७ रन जोड्दा डाविड मालनले १९ रन जोडे । कप्तान इयान मोर्गनले १२ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्दे र लुंगी एनजिडीले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । भान डेर डुसेनले ३७ रन जोड्दा कप्तान क्विनटन डी ककले ३० रन बनाए ।

दुई टिमबीचको दोस्रो टी-ट्वान्टी खेल आइतबार हुनेछ ।

 

 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : ५० बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार