मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार, ११ जनाको हत्या | Khabarhub Khabarhub

मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार, ११ जनाको हत्या


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका थिए ।

मोटरसाइकलमा अकस्मात ठूलो संख्यामा आएका ती बन्दुकधारीहरुले गोली हानेर ती व्यक्तिहरुको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले रेष्टुरेन्ट भित्र छिरेर गरेको अन्धाधुन्ध गोली प्रहारमा परेर त्यहाँ रहेका पाहुना र कर्मचारीको ज्यान गएको बताइएको छ ।

त्यस हिंसामा परेर सात जना पुरुष र चार जना महिला मारिएका छन् । अरु केही कर्मचारीहरु घाइते पनि भएका समाचारमा जनाइएको छ ।ग्वान्जु शहरमा खासगरी कृषि पेसामा कार्यरत व्यक्तिहरुको बसोबास रहेको छ । सो शहरमा विगत लामो समयदेखि हिंसा हुदै आएको छ ।

यहाँ यस्तै आक्रमणका घटनाहरुको हिंसामा परी वर्षेनी सयौँ नागरिकको ज्यान जाने गरेको बताइन्छ । सो हिंसा कसले र के कारणले गरेको हो भन्ने विषयमा केही थाहा हुन सकेको छैन । यस दुर्घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १ : ३१ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित