ओलीसँग सल्लाह गरेर अर्को बैठक डाक्ने जिम्मा प्रचण्डलाई | Khabarhub Khabarhub

ओलीसँग सल्लाह गरेर अर्को बैठक डाक्ने जिम्मा प्रचण्डलाई

ओलीले बैठक स्थगित गर्नु अनुचित भएको ठहर


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक स्थगित गरेपनि अर्का अध्यक्ष प्रचण्डले बैठक चलाएका थिए।

बैठकले  अध्यक्ष ओलीसँग सल्लाह गरेर आगामी स्थायी कमिटी बैठक डाक्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । बैठकमा ओलीले बैठक स्थगित गर्नु अनुचित भएको ठहर भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा भएको छलफल बारे जानकारी दिँदै श्रेष्ठले भने, ‘मंगलबारका लागि बैठकको मिति जारी स्थायी समिति बैठकबाटै तय भएको थियो। सो बैठक विधिविपरित स्थगित भएको सूचना जारी गर्नु उचित थिएन ।’

अध्यक्ष ओलीले बैठक स्थगित गरेको भएपनि अर्का अध्यक्ष प्रचण्डले आफ्नै अध्यक्षतामा आजको बैठक सञ्चालन गरेका थिए । उनले आजको बैठक स्थगन नभइ स्थायी कमिटी बैठकको निरन्तरता भएको बताएका थिए ।

बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले ओलीले अपमान र वेवास्ता गर्दा पार्टी गम्भीर संकटको मोडमा पुगेको बताएका थिए । उनले पार्टी संकटमा रहेकाले एकता जोगाउनकै लागि अझै लचक हुनुपर्ने, एकता जोगाउन सबै सर्तक र सजग हुनुपर्ने, उत्तेजनामा नआई सम्हालिएरनै अघि बढ्नुपर्ने बताएका थिए ।

प्रचण्डले अझै घनिभूत छलफल गरी सहमतिको प्रयास गर्ने बताउँदै ओलीले नमाने पार्टी कार्यालय धुम्बाराहीमा नै बैठक बस्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफ्नो ६ बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए । बैठकमा २९ जना स्थायी कमिटी सदस्य सहभागी थिए ।
ओली पक्षीय सहस्यहरुलाई पनि सहभागीताको लागि आग्रह गरेपनि सहभागी भएका थिएनन् ।

बैठकमा केहीबेर बसेका महासचिव विष्णु पौडेल र रघुवीर महासेठलाई प्रधानमन्त्री ओलीले डाकेपछि केहीबेरमै बाहिरिएका थिए । त्यस्तै बैठक जारी रहेकै बेला उपाध्यक्ष बामदेव गौतम र स्थायी समिति सदस्य भीम रावल पनि बाहिरिएका थिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरु सहभागी नभएको बैठकमा केहीबेर सहभागी भएर गौतम र रावल बाहिरिएका हुन् ।

बैठकमा गौतमले अध्यक्षद्वयको पदको लडाइँमा आफू पर्न नचाहेको भन्दै आफू वैचारिक रुपमा सुदृढ नेकपाको पक्षमा रहेको बताएका छन्।

बैठकमा सहभागी एक नेताका अनुसार महाधिवेशन गरेर पार्टीलाई संगठित रुपमा अगाडि बढाउन आफूले शुरुदेखि नै भन्दै आएको गौतमले स्मरण गराएका थिए।

यस्तै उनले पार्टीमा एक अध्यक्षले सरकार चलाउने र अर्को अध्यक्षले पार्टी चलाउने निर्णय भएको र सोहीअनुसार पार्टी अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

यस्तै भीम रावलले पनि पार्टी विभाजन गर्न नहुने तर नेतृत्वको मनपरितन्त्र स्वीकार गर्न नसकिने धारणा राखेको ती नेताको भनाइ छ ।

यता ओली पक्षकाले भने बिहानै स्थायी कमिटी बैठक स्थगित भएको भन्दै प्रचण्डको अध्यक्षतामा बसेको बैठकलाई नेकपा नेताको भेला मात्र हो भनेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ४ : ०२ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन