नयाँ नक्सा सार्वजनिक गर्दा भारतले प्रधानमन्त्रीबाट हटाउन खोज्यो - ओली | Khabarhub Khabarhub

नयाँ नक्सा सार्वजनिक गर्दा भारतले प्रधानमन्त्रीबाट हटाउन खोज्यो – ओली


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी गर्दा भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको आरोप लगाएका छन् ।

उनले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेवापत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् ।

मदन भण्डारी फाउण्डेशनले आज बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिल्लीका सञ्चार माध्यम र नेपालका होटेलहरुमा भइरहेका गतिविधि र एम्बेसीको सक्रियताले आफूलाई हटाउने खेल चलिरहेको पुष्टि हुने टिप्पणी गरेका छन् ।

उनले भने, ‘दिल्लीका सञ्चार माध्यमहरु सुन्नुहोस । यहाँका होटहरुमा भइरहेका गतिविधिहरु हेर्नुहोस्, एम्बसीको सक्रियताले पनि त्यो देखाइरहेको छ । तर अहिले नेपालको राष्ट्रियता त्यति कमजोर छैन कि आफ्नो भूमि समेटिएको नक्सा छाप्दैनमा सरकार ढल्नु परोस् ।’

प्रधानमन्त्रीले अहिले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना कसैले नदेख्दा ठीक हुने चेतावनी पनि दिएका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मलाई प्रधानमन्त्रीको जिम्मेबारीमा बसिरहन मन छैन तर अहिलेको अवस्थामा म पदबाट हट्ने पनि हैन किनभने अहिले म हटेभने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन ।’

उनले आफू अहिले आफ्ना लागि नभई देशका लागि र आजका लागि नभई भोलिका लागि प्रधानमन्त्रीमा रहिरहेको बताए ।

‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ’, प्रधानमनत्री ओलीले भने, ‘नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस्।’

ओलीले आफूलाई पदमा बस्ने मन नभए पनि राष्ट्रका लागि अनिवार्य भएको बताए। ओलीले आफू तत्काल हट्दा गलत नजिर स्थापित हुने बताए।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमी समेटेर नक्सा जारी भएपछि भारत रुष्ट छ। भारतले पछिल्ला दिनमा सरकार परिवर्तनकै लागि खेल खेलेको भन्दै ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्।

सरकारले भारतसँग सीमा विवादका विषयमा कूटनीतिक माध्यमबाट वार्ताको प्रयास गरे पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन।

प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन। तर, म अहिले हट्ने हो भने गलत नजिर स्थापित हुन्छ’, ओलीले भने, ‘म हटुँला, तर भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्ने अवस्था हुन्छ। त्यसैले म आफ्नो लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ।’

ओलीले आफूले नक्सा सच्याएकै नाममा हटाउने चलखेल भएको भन्दै त्यो नसोच्न चेतावनी दिएका हुन्। उनले दूतावास र होटलमा चलखेल बढेको खुलासासमेत गरेका छन्।

‘हामीले नक्सा सच्यायौँ। यसलाई संवैधानिक रूप दियौँ। भारतीय मिडिया र बुद्धिजीवीको कुरा सुन्नुभएकै होला। भारतको राज्यसंयन्त्र अचम्मसम्म सक्रिय छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि होटेलमा गतिविधि भएका छन्। राजदूतावासमा सक्रियता बढेको छ।’

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ३ : २६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम