बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्र | Khabarhub Khabarhub

बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्र


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्र प्राथमिकतामा राखेको बताएका छन् ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै आगामी आर्थिक वर्ष सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने घोषणा गरेका छन् । स्वास्थ्य क्षेत्रमा मात्रै सरकारले आगामी आर्थिक वर्षका लागि ९० अर्ब ६९ करोड रुपैयाँ पुर्‍याएको छ ।

त्यस्तै कृषि क्षेत्रमा सरकारले ४१ अर्ब विनियोजन गरेको घोषणा गरेको छ ।

नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएका दुई क्षेत्रमा सरकारले लगानी बढाएको हो । चालू आर्थिक वर्षमा ३६ अर्ब ८० करोड विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा ७ अर्ब थप गरेको हो ।

चालू आर्थिक वर्षमा ६८ अर्ब ७८ करोड रहेको स्वास्थ्य क्षेत्रको बजेट सरकारले बढाएर ९० अर्ब पुर्‍याएको हो ।

अर्थमन्त्री खतिवडाका अनुसार कोरोना संक्रमण लगायत सबै रोग तथा संक्रमणबाट नागरिकलाई बताउँन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण र जनशक्ति विकासमा जोड दिइएको बताए ।

डा खतिवाडाले स्वास्थ्य क्षेत्रमा कोरोना संक्रमण रोकथाम तथा स्वास्थ्य प्रर्णालीमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको बताए ।

उनले कोरोनाको उच्च जोखिमको क्षेत्रमा परीक्षणको दायरा बढाउन क्वारेन्टाइनको स्थानपना गर्न र त्रास सम्बोधन गर्न स्रोतको व्यवस्था मिलाएको बताए । उनले कोरोना संक्रमण नियन्त्रणका लागि ६ अर्व बजेट व्यवस्थापन गरेको बताए । यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि ५ लाख सम्मको निशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकामा ३ सय शय्याकाका सरुवा रोग अस्पताल निर्माण हुने, काठमाडौं उपत्यका र प्रदेश राजधानीमा २ सय ५० शय्याका आइसीयु वेड स्थापना र सबै प्रदेश अस्पतालमा ५० शय्याको सरुवा रोग अस्पताल सञ्चालन गरिने भएको छ ।

यस्तै राजधानी बाहिर रहेका केन्द्रिय सरकारको मातहतमा संचालित अस्पतालहरु पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी भरतपुर, भेरी र डडेल्धुरा अस्पतालाई विशेषज्ञ अस्पतालको रुपमा विकास गरिने भएको छ ।

स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब  विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ३८ बजे

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका