प्रदेश १ सभामा विनियोजन विधेयकसम्बन्धी प्रस्ताव पारित « Khabarhub

प्रदेश १ सभामा विनियोजन विधेयकसम्बन्धी प्रस्ताव पारित


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नं १ को प्रदेशसभाको बैठकले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासहितको पूर्वबजेट सम्बन्धमा छलफल गरियोस् ’भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ को उपनियम २ बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव आजको बैठकमा पेश गरेका थिए ।

प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकतासहितको पूर्वबजेटमाथिको छलफलमा प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतले बजेट हिमाल, पहाड र तराईलाई विभेद नहुने गरी हुनुपर्नेमा जोड दिए । अर्का सदस्य उपेन्द्रप्रसाद घिमिरेले बजेटको प्राथमिकता तोक्दा जनतालाई केन्द्रमा राखेर तोक्नुपर्ने सुझाव दिए ।

सदस्य कुलप्रसाद साम्वा लिम्बूले बजेटको सिद्धान्त र प्राथमिकता राम्रो भए पनि बजेट निर्माण गर्दा जनताका आधारभूत आवश्यकतालाई बिर्सन नहुने तर्क गर्नुभयो । सदस्य केदार कार्कीले नेपाली जनताको मन छुने हुनुपर्ने भन्दै उद्योग, उद्योगी र उपभोक्ताको हितमा ध्यान राखेर बजेट निर्माण गनुपर्ने बताए । सदस्य राजेन्द्र राईले बजेट निर्माणमा सरकार हावी भएमा जनताका आवश्यकतालाई पूरा गर्न नसकिने बताए ।

सदस्य लछुमन तिवारीले ४६ प्रतिशत अनौपचारिक क्षेत्रलाई बजेटले छुनुपर्ने भन्दै बजेट रोजगार सिर्जना गर्ने क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने कुरामा जोड दिए । सदस्य शेखरचन्द्र थापाले रोग, भोकबाट मुक्ति पाउनुभन्दा अन्य प्राथमिकताका विषय हुन नसक्ने भएकाले बजेट त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए ।

कारागारलाई व्यवस्थित बनाउन माग

प्रदेशसभाको बैठकमा शून्य समयमा सदस्य अम्बिका थापाले उदयपुरको कारागार गोठ हो कि कारागार हो बुझ्न नसकेकाले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य उमिता विकले दलितमाथिको विभेद र अन्याय रोक्नुपर्ने बताए ।

सदस्य कृष्णकुमारी राईले संविधानबाट प्राप्त अधिकार सामाजिक सुरक्षा भत्ता नकाट्न सरकारको ध्यानाकर्षण गराइन् । सदस्य खिनुलाम्वा लिम्बूले इलाममा भारतसँग जोडिएको सीमाक्षेत्रमा भारतपक्षबाट समय समयमा मिच्ने काम भइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै प्रत्येक तीन किमीमा विओपी खडा गर्नुपर्ने माग गरिन् ।

सदस्य गोपालचन्द्र बुढाथोकीले खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिनुपर्ने, कृषकलाई सर्वसुलभ तरिकाले मल, बीउ र मलखादको प्रबन्ध गर्नुपर्ने माग गरे । सदस्य जयराम यादवले नेपालको नक्सामा हेरफेर नगर्न र दुरुस्त राख्नुपर्ने बताए ।

सदस्य नारायणबहादुर गुर्जा मगरले भारतबाट नेपाल प्रवेश गर्ने नेपालीलाई स–सम्मान प्रवेश गराउनुपर्ने माग गरे । सदस्य निरन राईले धनकुटामा निर्माण गर्ने भनिएको अस्पताल अहिलेसम्म केही पनि नभएकाले सरकारको ध्यान जानुपर्ने बताए ।

सदस्य प्रतापप्रकाश हाङ्गामले तप्लेजुङमा रहेको अस्पतालमा ब्लड बैंकको स्थापना हुनुपर्ने आवश्यकता औँल्याए । सदस्य राजकुमार ओझाले विगतमा मल, बीउमा देखिएको कालोबजारी नियन्त्रण गर्नुपर्ने भन्दै वास्तविक किसानलाई अनुदानको प्रबन्ध मिलाउन सरकारसँग माग गरे ।

सदस्य लिलाबल्लभ अधिकारीले मोरङको क्रृषिदेव समुदायमा घर र जमिन नभएकाले उनीहरुको उचित बासको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए । सदस्य लीला सुब्बाले धनकुटामा १३ वर्षीया बालिकामाथि भएको हिंसाबाट गर्भ बोकेकाले उनको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरे ।

सदस्य लोकप्रसाद सङ्ग्रौलाले प्रदेशको नामकरण छिट्टै हुनुपर्ने भन्दै सांसदको गरिमा बढाउन सरकारले योजना ल्याउनुपर्ने प्रष्ट पारे । सदस्य बलबहादुर साम्सुहाङले ताप्लेजुङमा विभिन्न ठाउँमा पहिरो गएकाले पीडित परिवारलाई आवश्यक राहत दिनुपर्ने माग गरे ।

सदस्य वसन्तकुमार बानियाँले कोरोनाको उच्च जोखिम रहेको झापाको ३ नं क्षेत्रमा स्वास्थ्यकर्मी, उपकरण र परीक्षणको दायरा बढाउनुपर्ने माग गर्नुभयो । सदस्य बिन्दीया कार्कीले कोरोनाको उपचारलाई व्यवस्थित गर्न प्रदेशको १४ वटै जिल्लामा आइसोलेशन वार्ड स्थापना गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सदस्य विमल कार्कीले बसोबासको असन्तुलनलाई सन्तुलन बनाउन सरकारले योजना ल्याउनुपर्ने बताए । सदस्य शिवनारायण गनगाईंले नेपाल प्रवेश गर्न सरकारले तोकेको प्रवेश बिन्दुबाट नेपाली नागरिक प्रवेश गर्न नपाएकामा चिन्ता व्यक्त गर्नुभयो । सदस्य सूयर्माराज राईले केही दिन पहिले आएको हावाहुरीबाट क्षति भएका परिवारलाई सरकारले राहत दिनुपर्ने माग गरे ।

सदस्य हिमाल कार्कीले समृद्धि, विकास र शान्तितर्फ सरकार ठोस योजनाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए । प्रदेशसभाको अर्को बैठक भोलि शुक्रबार दिउँसो १ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : १७ बजे

रुसद्वारा फ्रान्सेली कार कम्पनी रेनोलाई राष्ट्रियकरण गरेको घोषणा

काठमाडौं– रुसले फ्रान्सेली कार कम्पनी रेनोको रुसमा रहेका सम्पत्ति राष्ट्रियकरण

पोखराको साढे १३ हजार मत गनेर सकियो

पोखरा- हालसम्म पोखरामा १३ हजार ६ सय ४३ मत गनिएको

अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी 

डडेलधुरा– डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा

थप सात जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस

झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा– भारतबाट प्रवेश गरेको जंगली हात्तीले आक्रमण गर्दा आज झापाको