कोरोना भाइरसले खाडी मुलुकमा ९३९ को मृत्यु, संक्रमितको संख्या २ लाख नजिक | Khabarhub Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ९३९ को मृत्यु, संक्रमितको संख्या २ लाख नजिक


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ९३९ जनाको मृत्यु भएको छ भने १ लाख ९९ हजार ९९५ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ४२५ जनाको मृत्यु भएको छ । त्यहाँ ७८ हजार ५४१ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २५५ जनाको मृत्यु भएको छ भने ३१ हजार ९६९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १७५ जनाको मृत्यु भएको छ भने २३ हजार २६७ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ३९ जनाको मृत्यु भएको छ भने ८ हजार ३७३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले कतारमा ३० जनाको मृत्यु भएको छ भने ४८ हजार ९४७ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १५ जनाको मृत्यु भएको छ । त्यहाँ ९ हजार ६९२ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १ : ५४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम