गणतन्त्र दिवसमा २४१ जनाको बाँकी कैद मिनाहा « Khabarhub

गणतन्त्र दिवसमा २४१ जनाको बाँकी कैद मिनाहा


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले गणतन्त्र दिवसको अवसर पारेर २४१ जना कैदी बन्दीहरुको कैद सजाय मिनाह तथा दण्ड जरिवाना माफी गरेको छ ।

२ सय ३३ जना कैदीको कैद सजाय मिनाहा तथा आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी पनि गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा भएको छ ।

यसैगरी कपिल देव साह कानूसमेतका आठ जना व्यक्तिहरुलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको शितल निवासबाट जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ८ : १० बजे

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० का लागि सरकारको

एन्फा अध्यक्ष शेर्पाले आफ्नो चरित्र हत्या गरेको भन्दै गणेश थापाको उजुरी

काठमाडौँ– अखिल नेपाल फुटलब संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले

फिल्ममा डेब्यु गर्दै गरिमा

काठमाडौँ– मोडल गरिमा शर्माले फिल्ममा डेब्यु गर्ने भएकी छिन् ।

राठीले भने,  ‘दर्शककै कारण विदेशी फिल्म आउने नआउने तय हुन्छ’  

काठमाडौँ– नयाँ वर्षको दिन रिलिज भएको ‘ए मेरो हजुर ४’

रुसी सेनाद्वारा डोनबासमा आक्रमणलाई तीव्रता

काठमाडौं- रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रका ४० भन्दा धेरै शहरमा