नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिए | Khabarhub Khabarhub

नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिए


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती युवती चैत ४ गते बेल्जियमबाट कतार ट्रान्जिट हुँदै नेपाल आइपुगेकी हुन् ।

उनको स्थायी ठेगाना बाग्लुङ भएको बताइएको छ । हाल उनलाई धौलागिरी अस्पतालमा राखिएको छ ।

पाँचौ केसको रुपमा कोरोना संक्रमण देखिएकी युवती यसअघि दोस्रो केसका रुपमा कोरोनाको संक्रमण देखिएकी १९ वर्षीया किशोरीसँगै कतारको दोहाबाट एउटै जहाजमा नेपाल आएकी थिइन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएपछि सरकारले कतार एयरको जहाजमा नेपाल आएका यात्रुको खोजी गरेको थियो । जसक्रममा बाग्लुङ घर भएकी १९ वर्षीया कोरोना संक्रमण देखिएको हो ।

उनीहरु कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट चैत ४ गते काठमाडौं आइपुगेका थिए ।

नेपालमा कोराेना संक्रमण देखिएका ५ जनामध्ये १ जना उपचारपछि निको भइसकेका छन् । २ जना संक्रमितको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा १ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको र अर्का १ को धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ४ : २९ बजे

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले