कोरोना भाइरस : हेटौँडामा पूजापाठ बन्द « Khabarhub
Logo
१८ जेठ २०७७, आइतबार

कोरोना भाइरस : हेटौँडामा पूजापाठ बन्द



सांकेतिक तस्वीर

काठमाडौकोरोना भाइरसको नियन्त्रण तथा त्यसबाट सुरक्षित हुन सरकारले घोषणा गरेको लक डाउनका कारण वाग्मती प्रदेशकोराजधानी हेटौँडामा महत्वपूर्ण धार्मिकस्थलमा पूजापाठ बन्द गरिएको छ।

हेटौडा स्थित पशुपतिनाथ मन्दिर तथा भुटनीदेवी मन्दिरलगायत अन्य महत्वपूर्ण मन्दिरमा तालाबन्दी गरी पूजापाठ बन्द भएको

तीमन्दिरको मुख्यद्वारमा सूचना टाँसेर पूजापाठ बन्द भएको जनाइएको आज मन्दिरमा पूजापाठका लागि पुगेका दर्शनार्थी फर्किएको बताइएको 

पूजापाठका लागि आउने भक्तजनको भीडभाड बढी हुने भएकाले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न मन्दिरको पूजापाठअनिश्चितकालका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको

पत्रपत्रिका बन्द

हेटौँडाबाट प्रकाशित हुने आधा दर्जन स्थानीय पत्रपत्रिका पनि बन्द भएका छन्

लक डाउनको आज पाँचौँ दिन पनि हेटौँडाका मुख्यबजार गल्ली सुनसान छन्

दूध, फलफूल, तरकारी तथा फोहर बोकेका गाडीमात्र चलेको पाइएको

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लकडाउनको अवज्ञा गर्ने विगत पाँच दिनमा २०० बढी सवारी साधनलाई कारवाहीगरिएको


भर्खर

0