कोरोना भाइरसविरुद्धको लडाईंमा फिफा र डब्लूएचओको ऐक्यवद्धता | Khabarhub Khabarhub

कोरोना भाइरसविरुद्धको लडाईंमा फिफा र डब्लूएचओको ऐक्यवद्धता


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा : विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंका लागि विश्व फुटबल महासंघ (फिफा) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले साझा अभियान अघि सारेका छन् ।

उनीहरुले जेनेभास्थित डब्लूएचओको मुख्यालयबाट कोरोनाको संक्रमणबाट जोगिन र रोकथामका लागि ‘कोरोना भाइरस किक आउट टु मेसेज’ नामक अभियान शुरु गरेका हुन् ।

उनीहरुले संसारभर फैलिएको कोरोनाबाट मुक्त रहन सन्देश प्रवाह गर्नेछन् । यस अभियानले डब्लूएचओको निर्देशन अनुरूप कोरोनाको संक्रमणबाट मुक्त रहन मुख्य पाँचवटा कदम चाल्न सामाजिक सन्देश प्रवाह गरेको छ।

जसमा मानिसले आफ्नो स्वास्थ्यको रक्षा गर्न साबुनपानीले हात धुने, अर्को व्यक्तिसँग हात नमिलाउने, अनुहारमा नछुने, अरू व्यक्तिसँग शारीरिक दूरी बढाउने र अस्वस्थ महसुस भएमा क्वारेन्टाइन बस्न प्रोत्साहन गर्ने लगायतका विषय समेटिएका छन् ।

यस अभियानलाई संसारभर फैलाउन सन्देशमूलक भिडियोसमेत बनाइएको छ। जहाँ विभिन्न देशका चर्चित २८ जना फुटबल खेलाडीलाई प्रयोग गरिएको छ। उक्त सन्देश विभिन्न १२ भाषामा समेत तयार पारिएको छ।

फिफाले कोरोना भाइरसविरुद्ध लड्न गत साता डब्लूएचओलाई आर्थिक सहयोगको घोषणा समेत गरेको थियो।

फिफा अध्यक्ष इन्फान्टिनोले डब्लूएचओलाई १० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए ।

कोरोना भाइरसको जोखिमका कारण अहिले विश्वभर सबै फुटबल गतिविधिहरू ठप्प छन्।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ११ : १९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम