सेनाले बनायो ७ हजार २ सय बस्ने क्वारेन्टाइन र २ हजारबढीको आइसोलेशन बेड | Khabarhub Khabarhub

सेनाले बनायो ७ हजार २ सय बस्ने क्वारेन्टाइन र २ हजारबढीको आइसोलेशन बेड


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले कोरोनाको महामारी विरुद्ध लड्न क्वारेन्टाइन कक्ष र आइसोलेसन बेड तयार पारेको छ । अहिलेसम्म देशका विभिन्न स्थानमा ७ हजार २ सय ३४ जना बस्ने मिल्ने क्‍वारेन्टाइन निर्माण गरेको नेपाली सेनाले जनाएको छ । त्यस्तै २ हजार ९४ आइसोलेशन बेड तयार पारिसकेको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार देशका सातै प्रदेशमा क्‍वारेन्टाइन निर्माण गरिएको छ। उनले भने, ‘अहिले सातै प्रदेशका क्‍वारेन्टाइनमा एक हजार १० जना बसिरहेका छन्।’

क्‍वारेन्टाइनमा रहेकाको हेरचाह गर्न नेपाली सेनाले १ सय ९६ जनाको चिकित्सक टोली खटाएको छ ।

सेनाले विभिन्न युनिटहरूमा कार्यरत सकलदर्जालाई सहभागी गराई कोरोना भाइरसको जोखिम घटाउने र नियन्त्रण कसरी गर्ने भन्नेबारे दुईदिने तालिम दिइसकेको छ।

सेनाले साधारण बेड १ हजार ९ सय २ र आइसियु बेड १ सय ९२ गरी कूल २ हजार ९४ वटा आइसोलेशन बेड तयार पारेको छ। अहिले ४६ वटा आइसोलेसन बेड प्रयोग भइरहेको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए। आइसोलेसन बेडमा रहेका शंकास्पद कोरोना भाइरसका बिरामीको हेरचाहमा १ सय ९० जनाको चिकित्सक टोली खटिइरहेको उनले जनाए।

सेनाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने १७ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री खरीद प्रक्रिया पनि अघि बढाएको छ।

मेडिकल सामग्री खरिद गर्न सरकारले सेनालाई १० करोड रुपैयाँ उपलब्ध गरेको छ। भने, आफ्नो बजेटबाट ७ करोड रुपैयाँ सेनाले खर्च गर्दैछ। एन-९५ मास्क, पर्सनल प्रोटेक्शन इक्युपमेन्ट (पीपीई) लगायतका मेडिकल सामागी सेनाले खरिद गर्दैछ।

सेनाले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको लागि आफ्नै संगठनभित्र ६ हजार दक्ष जनशक्ति तयार पारेको छ। भविश्यमा कोरोनाको कारण ठूलो विपदको सामना गर्नुपरे भूतपूर्व सैनिकहरूलाई पनि कोरोना नियन्त्रण तथा रोकथाममा सहभागी गराउने योजना सेनाले बनाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : ३८ बजे

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो