फ्लोरमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ | Khabarhub Khabarhub

फ्लोरमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसी र नायिका सुहाना थापाको शीर्ष भूमिका रहने फिल्म ‘ए मेरो हजुर ४’ को मुहूर्त गरिएको छ । शुक्रवार राजधानीको गोंगबुस्थित कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त गरियो ।

मुहूर्त कार्यक्रममा फिल्मका कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत उपस्थित थिए भने निर्देशक झरना थापा, छायांकार सञ्जय लामा लगायत उपस्थित थिए ।

अनमोल र सुहानाको जोडी रहेको फिल्म ‘ए मेरो हजुर ३’ ले दर्शकको साथ पाएको थियो । यद्यपि फिल्मले प्रतिक्रिया भने औसत पाएको थियो ।

आजैबाट फ्लोरमा उत्रेको यो फिल्मको छायांकन पोखरा, ललितपुर र काठमाडौं आसपास खिचिनेछ । झण्डै डेढ करोडमा निर्माण हुने यो फिल्ममा अनमोल र सुहाना प्रेमीप्रेमिकाको भूमिकामा देखिनेछन् ।

आगामी वर्षको दशैंमा रिलिज हुने भनिएको ‘ए मेरो हजुर ४’ सुनील कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो ।

यसअघि झरनाले निर्देशन गरेका फिल्म ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ ले व्यावसायिक सफलता हात पारेका थिए । यद्यपि दुवै फिल्मले समीक्षा भने राम्रो पाएका थिएनन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ३० बजे

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा