बैंकिङ कसुरमा फरार बुढाथोकी कारागार चलान | Khabarhub Khabarhub

बैंकिङ कसुरमा फरार बुढाथोकी कारागार चलान


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ कसुरका फरार व्यक्तिलाई काठमाडौँबाट पक्राउ गरी आज कारागार चलान गरिएको छ ।

उच्च अदालत पाटनको आदेशले जरिवाना र कैद सजाय तोकिए पनि फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–१ का राजेन्द्र बुढाथोकी आज कारागार चलान भएका हुन् ।

उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कैद र रु पाँच लाख जरिवाना हुने फैसला सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार काठमाडौँको गोलढुङ्गाबाट उनलाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले आजै केन्द्रीय कारागार सुन्धारा पठाएको हो ।

उनले व्यवसायका लागि रकम आवश्यक पर्‍यो भनी रु पाँच लाख ऋण लिएर पैसा नभएको बैंकको चेक दिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।

सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा परेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : २१ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्