बजारको अचार खाँदा होशियार ! हुनसक्छन् यस्ता ७ खतरा | Khabarhub Khabarhub

बजारको अचार खाँदा होशियार ! हुनसक्छन् यस्ता ७ खतरा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अधिकांश मानिस खानामा अमिलो पिरो अचार खाने गर्दछन् । अचारले खानाको स्वाद बढाउनु साथै मुख नै रसिलो बनाइदिन्छ ।

तर अचार खाँदा कतिपय कुरामा ध्यान नदिदा घातक हुने खतरा पनि उत्तिकै छ । अझ बयम (सिसाका भाँडा)मा राखिएका अचार खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

बजारमा पाइने बोतल वा प्लाष्टिकले प्याकिङ गरेर बिक्रिका लागि राखिएका अचार खाँदा उच्च रक्तचाप, क्यान्सर, हृदयघात जस्ता थुप्रै रोगको सम्भावना उच्च रहेको पाइएको छ ।

१. हाड कमजोर

अचारमा सोडियमको मात्रा अत्याधिक हुन्छ । जसले शरिरमा क्याल्सियमको मात्रा कम गराई हाड कमजोर बनाउँने गर्दछ ।

२. रक्तचाप बढ्ने

खानामा नियमित बजारका वा बयमका अचार खाँदा शरिरमा सोडियमको मात्रा बढ्न गई रक्तचाप बढ्ने गर्दछ ।

३. मुटुमा समस्या

अचारमा पाइने सोडियमले रक्त संचारलाई बिगार्नुका साथै मुटुको समस्या बढाउने गर्दछ । यसले मुटुमा धेरै प्रकारका समस्या निम्त्याउने गर्दछ । यसकारण बयममा राखिएका वा बजारबाट खरिद गरिएको अचार नखानु नै श्रेष्ठकर मानिन्छ ।

४. वजन बढाउने

नियमित अचार खाँदा शरिरमा आइरनको मात्रा कम हुने संभावना हुन्छ । साथै यसले शरीरमा बोसोको मात्रा पनि बढाउने गर्दछ ।

५. हृदयघातको जोखिम

खानामा नियमित अचार खानाले रक्त सञ्चार बिग्रनुका साथै यसले मष्तिकमा समेत असर पुर्‍याउँछ । साथै हृदयघातको जोखिम उच्च हुन्छ ।

६. क्यान्सरको खतरा

धेरै अचार खाँदा शरिरमा सोडियमको मात्रा बढ्न गई पेटको क्यान्सर हुने खतरा बढाउने गर्दछ । कतिपय अवस्थामा अल्सरको संभावना पनि हुन्छ ।

७. मृगौलामा असर

अचारमा पाइने सोडियमले क्याल्सियमलाई पगालेर मृगौलासम्म पुर्‍याउँछ । जसबाट मृगौलाको पत्थरी हुने संभावना हुन्छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : ४१ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत