काठमाडौंमा मोटरसाइकल र स्कुटर चोरी गर्ने २ जना पक्राउ | Khabarhub Khabarhub

काठमाडौंमा मोटरसाइकल र स्कुटर चोरी गर्ने २ जना पक्राउ


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंका विभिन्न ठाउँबाट स्कुटर तथा मोटरसाइकल चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको माझिटार स्थायी घर भएर काठमाडौंको नागार्जुन नगरपालिका–२ गैरीगाउँ बस्दै आएका सुनिल लामा छन् ।

प्रहरीले लामालाई चोरीका ४ वटा मोटरसाइकलसहित सोमबार गैरी गाउँबाटै पक्राउ गरेको हो ।

स्कुटर तथा मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानका क्रममा महानगरीय प्रहरी बृत्त स्वम्भूको टोलीले लामालाई चोरीका स्कुटरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका लामाको साथबाट बा ४५ प ३२२१ नम्बरको एभिएटर स्कुटर तथा बा ४६ प २३७१, बा ५९ प ८९५९ र बा ५६ प २१५२ नम्बरको डियो स्कुटर बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोमबार साँझ कालिमाटीस्थित सडकबाट प्रदेश नं.३–०२–००७ प ६८९१ नम्बरको मोटरसाइकल चोरी गरेर माग्दै गरेको अवस्थामा अर्का १ जना व्यक्ति समेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–६ का नियाज आलम छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १ : २६ बजे

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई