आगोको महासंकटपछि माकुराको संकटमा अष्ट्रेलिया | Khabarhub Khabarhub

आगोको महासंकटपछि माकुराको संकटमा अष्ट्रेलिया


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  आगोको महासंकटबाट गुज्रिएको अष्ट्रेलिया माकुराको संकटमा फसेको छ ।

जंगलमा फैलिएको डढेलो नियन्त्रणमा नआएर संकटमा फसिरहेको अष्ट्रेलियालाई अहिले बिषालु माकुराको संकट आइलागेको हो ।

अष्ट्रेलियाका शहरमा यस्तो माकुरा देखिएको छ, जसले १५ मिनेटमै मानिसको ज्यान लिने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

‘फनेल वेब स्पाइडर’ नामको उक्त माकुराले टोक्दा १५ मिनेटमा मानिसको मृत्यु हुने गरेको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै सार्बजनिक भएका समाचारहरुमा उल्लेख छ ।

अष्ट्रेलियाको जंगलमा लागेको आगोका समयमा ती माकुराहरु जमिनभित्र छिरेका थिए। तर अहिले परेको भारी वर्षापछि आएको बाढीका कारण बिषालु माकुराहरु बस्तीमा छिरेका हुन ।

यस्ता माकुराका ४० प्रजाति रहेको बताइएको छ। यो संसारकै सबैभन्दा खतरनाक र विषालु माकुरा भएको बताइएको  छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १२ : ०७ बजे

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै