राष्ट्रिय क्रिकेट टोलीका कप्तान मल्ल कोरोना संक्रमणमुक्त | Khabarhub Khabarhub

राष्ट्रिय क्रिकेट टोलीका कप्तान मल्ल कोरोना संक्रमणमुक्त


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना संक्रमणबाट मुक्त भएका छन्। शुक्रबार स्टार अस्पतालमा कोरोना परिक्षण गराएका उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

`मलाई कुनै संक्रमण र समस्या देखिएन। चिकित्सकसँगको सल्लाह पछि आज दोस्रोपटक पीसीआर परीक्षण गराएको थिएँ। जुन नेगेटिभ आएको छ,´ कप्तान मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको अभ्यास सुरु गर्नु अघि खेलाडीहरूको पीसीआर परिक्षण गराएको थियो ।

जसमा कप्तान मल्लसिहत उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई पनि संक्रमण पुष्टि भएको थियो ।

उनले आफूलाई माया गर्ने समर्थकलाई धन्यवाद भन्दै लेखेका छन्,`कोभिड १९ लाई हल्का रुपमा नलिनुहोस्। यसको संक्रमणपछि तपाईंले शारीरिक समस्यामात्रै होइन मानसिक तनाव पनि झेल्नु पर्ने हुन्छ। त्यसैले सावधानी अपनाउनुहोस्।´

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ८ : २५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम