ईयूको उडान प्रतिबन्द चाँडै हट्छ : पर्यटनमन्त्री भट्टराई | Khabarhub Khabarhub

ईयूको उडान प्रतिबन्द चाँडै हट्छ : पर्यटनमन्त्री भट्टराई


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली सङ्घ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्द छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालको हवाई सुरक्षास्तर दर अन्य मुलुकको तुलनामा निकै अगाडि रहेको उल्लेख गर्दै उनले अझै पनि नेपाललाई ईयूले उडान प्रतिबन्ध लगाइराख्नुपर्ने कुनै कारण नभएको प्रष्ट पारे ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ को आज सार्वजनिक गर्दै मन्त्री भट्टराईले ईयूको सुरक्षा चासोअनुरुप नेपालले हवाई उड्डयन क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडै नै नेपालका जहाज विश्वका जुनसुकै मुलुकमा उडान भर्नसक्ने जिकिर गरे ।

उनले भने, “युरोपियन मुलुकमा हाम्रो उडान प्रतिबन्ध कायमै छ, अन्य मुलुकभन्दा हामी हवाई सुरक्षास्तरमा माथी छौँ, तर पनि किन प्रतिबन्ध कायमै, प्राधिकरणको उडान सुरक्षा प्रतिवेदनले पनि हाम्रो अवस्थालाई स्पष्ट गरेको छ, त्यसैले अझै पनि प्रतिबन्ध लगाइरहनुपर्ने आवश्यकता छैन, यो कुनै तथ्यमा आधारित पनि छैन ।”

उनले ईयूको उडान प्रतिबन्ध फुकुवाको वातावरणका लागि सबैको लबिङ र संयुक्त पहलकदमी चाहिने बताए । पर्यटनमन्त्री भट्टराईले कानूनी प्रक्रिया पूरा गरी चाँडै नै ईयूको प्रतिबन्ध फुकुवा गरिने उल्लेख गरे ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : ०२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम