पुरस्कार घोषणाको २० महिनापछि एन्फाले दियो खेलाडीलाई मोटरसाइकल | Khabarhub Khabarhub

पुरस्कार घोषणाको २० महिनापछि एन्फाले दियो खेलाडीलाई मोटरसाइकल


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० महिनापछि खेलाडीलाई घोषणा गरेको पुरस्कार हस्तान्तरण गरेको छ ।

वि.सं. २०७६ सालको बैशाख २२ गते ‘एन्फ दिवस’ मनाउँदै उदीयमान खेलाडी बनेका अभिषेक रिजाल, महिलातर्फ उदीयमान खेलाडी बनेकी मञ्जली योन्जनले शुक्रबार पुरस्कार प्रदान गरेको हो ।

युवा खेलाडीहरु मात्रै होइन एन्फाले गत वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका हरि खड्का र लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका भगिरथ आलेलाई पनि पूर्वघोषित निर्णय अनुसार मोटरसाइकल प्रदान गरेको छ ।

त्यस्तै पुरुषतर्फ पूर्व फिफा रेफ्री लव खत्री र महिलातर्फ अस्मिता मानन्धरलाई उत्कृष्ट रेफ्रीबाट पुरस्कृत गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप लवले मोटरसाइकल र अस्मिताले स्कुटर प्राप्त गरेका छन् ।

२०७६ मा एन्फाले विभिन्न ११ विधामा फुटबलमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरेको थियो । यस वर्षको अवार्ड भने नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण हुन सकेन । यस पटक खेलाडीलाई सम्मान गर्ने बताएपनि अहिलेसम्म एन्फाले कार्यक्रमको रुपरेखा केही सार्वजनिक गरेको छैन ।

एन्फाले कर्माछिरिङ शेर्पालाई अध्यक्षमा निर्वाचित गरेको २०७५ साल बैशाख २२ गतेको दिनलाई हरेक वर्ष एन्फा दिवस मनाउने निर्णय गरेको छ। त्यसमध्ये २०७६ को मनाइए पनि ०७७ सालको एन्फा दिवस कारोना भाइरसका कारण सामाजिक सञ्जालबाट शुभकामना आदानप्रदान गरि मनाइएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : ३८ बजे

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४