ग्रीन टी पनि धेरै खाए हुनसक्छ हानी | Khabarhub Khabarhub

ग्रीन टी पनि धेरै खाए हुनसक्छ हानी


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल मोटोपना घटाउन ग्रीन टी पिउने गरिन्छ । ग्रीन टीले पेटको बोसो घटाउँछ भन्दै ग्रीन टी पिउनेको संख्या बढेको छ । तर ग्रीन टीको सेवन बढि मात्रामा गरेमा यसले हानी समेत पुर्याउँने गर्दछ ।

दैनिक २ कपभन्दा बढि मात्रामा ग्रीन टीको सेवनले शरीरमा हानी पुर्याउन सक्छ । चिकित्सकहरु ग्रीन टीमा पाइने क्याफिनले भोक नियन्त्रण गर्ने र मोटोपना कम हुने बताउँछन् । तर बढि मात्रामा ग्रीन टीको सेवनले शरीरमा अन्य समस्याहरु पैदा गराउँछ ।

साथै खाली पेटमा ग्रीन टीको सेवनले मेटाबोलिज्ममा असर पार्दछ । जसले पेट पोल्ने, भोक नलाग्ने र एसिड उत्पन्न हुने समस्याहरु पैदा गराउँछ । यसका साथै खाली पेटमा ग्रीन टी पिउँदा शरीरमा रगतको कमी आउँछ । तसर्थ ग्रीन टी सेवन गर्दा थोरै मात्रामा भएपनि ठोस खानेकुरा खान चिकित्सकहरु सुझाव दिन्छन् ।

ग्रीन–टीमा पाइने डिउरेटिक नामक तत्वले शरीरमा पानीको मात्रा कम गराउँछ । बढि मात्रामा ग्रीन टी पिउँदा शरीरमा पानीको मात्रा कम हुन जान्छ । जसले शरीरमा पानीको मात्रा कम गराउँछ र डिहाइड्रेशन हुन्छ । अत्याधिक ग्रीन टी पिउँदा माइग्रेन र टाउको दुख्ने समस्या हुन सक्छ । यस प्रकारको टाउको दुखाईको कारण रक्तचाप उच्च हुन सक्छ ।

ग्रीन टीको सेवन खाना खाइसकेपछि गर्नु उत्तम हुन्छ । खानापछि ग्रीन टी पिउँदा पेटसफा हुने र तौल पनि नियन्त्रण हुन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ३ : १९ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको