दशैँ मान्न घर गएका युवामा कोरोना, गाउँ सिल « Khabarhub

दशैँ मान्न घर गएका युवामा कोरोना, गाउँ सिल


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दशैँ मनाउन घर आएका एक युवामा दशैँकै दिन कोरोना संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको वडा सदस्य खुम भण्डारीले जानकारी दिए ।

क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा सोमबार भारतबाट आएका युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित युवकलाई धौलागिरी अस्पतालको आइसोलेसनमा पठाइएको छ ।

ती युवक एक साताअघि भारतबाट सदरमुकाम बागलुङ बजार आएका थिए । बजार आएर होम क्वारेन्टिन बसेर केही दिनअघि मात्रै पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए ।

तर, स्वाबको पीसीआर रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिइ आएकाले गाउँ नै संक्रमणको जोखिममा परेको निष्कर्षसहित सिल गरिएको काठेखोला ३ धम्जाका वडा अध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए ।

स्वाब दिएपछि कुनै लक्षण नभएकाले उनी गाउँमा परिवारका साथ दशैँ मनाउन र साथीसंगीसँग गाउँघरका खेलकुदलगायतका कार्यक्रममा पनि सहभागी थिए ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा ५ जना भन्दा बढी भेटघाट, भेला र आवत जावत गर्न नपाउने निर्णय गरेको छ ।

अध्यक्ष श्रीसका अनुसार, मंगलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे सम्म लागू हुनेगरी दूध, निर्माण सामग्री, खाद्यान्नको अत्यावश्यक बाहेकका सार्वजनिक यातायात, मोटरसाइकल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

वडा कार्यालयले यस अवधिमा गाउँबासीलाई घरमै सुरक्षितरुपमा बस्न आग्रह गरेको छ । यस वडामा हाल सम्म भारत लगायतका ठाउँबाट आएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : ५३ बजे

नीति तथा कार्यक्रमबारे बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल

काठमाडौँ- सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सरकारको नीति तथा कार्यक्रमको बारेमा

जेलमा रहेका रेशम चौधरीको रिहाई माग्ने पार्टी बन्यो पहिलो

धनगढी – निलम्बित सांसद रेशम चौधरीको रिहासँगै उत्पीडित समुदायको अधिकार

निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

काठमाडौँ– स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा निर्वाचन आयोगमा

भ्युटावरको टुप्पोमा धान चामल नफल्ने भएपनि छुट्टै महत्व रहेको छ : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्युटावरको छुट्टै महत्व रहेको

लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्रै महिला निर्वाचित

लमजुङ- लमजुङको ७५ वटा वडा मध्ये दुई वडामा मात्र महिला वडाध्यक्ष