नियम उल्लंघन गरेको आरोपमा बेहुलीलाई तिराइयो १३ हजार डलर जरिवाना | Khabarhub Khabarhub

नियम उल्लंघन गरेको आरोपमा बेहुलीलाई तिराइयो १३ हजार डलर जरिवाना


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायती प्रहरीले दक्षिण लण्डनमा एक बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको लण्डनबाट प्रकाशित इभ्निङ स्ट्याण्डर्ड दैनिक पत्रिकाले उल्लेख गरेको छ।

विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्ने गरी धरौटीमा रिहा गरेको छ ।

प्रहरीले आफूहरूलाई स्थानीय वासिन्दाले विवाहमा कोभिड–१९ नियन्त्रणका लागि तय गरेको नियम उल्लङ्घन गरेको भनी सूचना गरेपछि छापा मारेको थियो ।

विवाहमा दुलही र एक अन्य व्यक्तिलाई कोरोनाभाइरस नियन्त्रण कानून अनुसार जरिवाना हुनसक्ने बताइएको छ ।

पत्रिकाले जासुस प्रहरी सुपरिन्टेन्डेन्ट निक्की आरोस्मिथलाई उद्धृत गरी भनेको छ, ‘यो घटना कोभिड–१९ कानूनको जानाजानी उल्लङ्घन भएको र यसका कारण सङ्क्रमणको फैलिने सम्भावना थप हुने भएकोले उनलाई जरिवाना गर्न सिफारिस गरिएको छ ।’

विवाहमा २०० भन्दा बढी मानिस सहभागी भएका कारण यसले भौतिक दूरी कायम नगरेको देखिएकाले जरिवानाका लागि सिफारिस गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ७ : ०५ बजे

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव