हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण | Khabarhub Khabarhub

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हास्यकलाकार मनोज गजुरेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।

कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् ।

‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा छौँ’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गारो हुनेखालका सिमटम्स छैनन् तर, पनि आफू र  अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’

गजुरेलले सचेत हुन सबैलाई आग्रह गरेका छन् । उनले नआत्तिन र चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा बस्न भनेका छन्। उनले आफू  जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितको सुझाव अनुसार उपचार गराइरहेको बताएका छन् ।

कलाकार गजुरेलले कोरोना भन्दा आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा बलियो भएको भन्दै कोरोना जित्ने बताएका छन्।

‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा भन्दा बलियो पक्कै छैन’, उनले फेसबुकमा भनेका छन्, ‘त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको  छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ ।’

बिहीबारपछि टाउको दुखेको तथा शुक्रबार ९८ डिग्रीसम्म ज्वरो देखिएको तथा ढाड दुख्ने लगायतका समस्या देखिएपछि गजुरेलले पीसीआरका लागि आइतबार स्वाब दिएको जानकारी थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ५४ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड