कतारबाट दैनिक तीन वटा नियमित उडान हुने, अब स्वदेश फर्किन  दूतावासको फाराम भर्न नपर्ने | Khabarhub Khabarhub

कतारबाट दैनिक तीन वटा नियमित उडान हुने, अब स्वदेश फर्किन  दूतावासको फाराम भर्न नपर्ने



दोहा – आगामी १ अक्टोबरदेखि दोहा र काठमाडौंबीच नियमित उडान हुने भएको छ । दैनिक तीन वटा एयरलाइन्सले उडान गर्ने तालिका सार्वजनिक गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

नियमित उडानअन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक एक – एक वटा उडानहरु सञ्चालन गर्ने दूतावासले जनाएको छ ।

अब कतारबाट नेपाल जान चाहने यात्रुहरुले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरुमा टिकटका लागि सम्पर्क गरी सीधै स्वदेश फर्किन सक्नेछन् ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फाराम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

नियमित उडान सुचारु भएको सन्दर्भमा दूतावासको फाराम भर्नु नपर्ने र यसअघि फाराम भरिसकेका व्यक्तिले समेत सीधै सम्बन्धित एयरलाइन्सको टिकट खरिद गर्न सक्नेछन् ।

यसका लागि दूतावासले कुनै प्राथमिकता सूची प्रकाशन गर्न नपर्ने जनाएको छ । अब स्वेदश फर्किन दूतावासको फाराम भर्न नपर्ने भएको हो ।

दोहाबाट ४७ औं उडानमार्फत १४६ नेपाली स्वदेश फर्किए

यसैबीच कतारबाट १४६ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरूमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ४७ औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन्  ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ८ महिलासहित १४६ नेपाली जना  स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेका नेपालीहरुको सहजीकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

 

 

 

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ७ : १५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम