उपत्यका ट्राफिकको अनलाइन बैठक | Khabarhub Khabarhub

उपत्यका ट्राफिकको अनलाइन बैठक


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले ट्राफिक महाशाखा मातहतका ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन सम्बोधन गरेका छन् ।

महाशाखाअन्तर्गतका ट्राफिक प्रहरी कार्यालयहरुले यस विद्यमान परिस्थितिमा सम्पादन गरिरहेको ट्राफिक प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा जानकारी लिई आवश्यक निर्देशन सम्बोधन गर्ने उद्देश्यले उक्त भिडियो कन्फरेन्स गरिएको हो ।

निर्देशन सम्बोधनका क्रममा एसएसपी ढकालले ट्राफिक प्रहरी कर्मचारीहरुलाई कोरोना भाइरस सङ्क्रमणबाट बच्न सावधानी र सुरक्षाका विधिहरु अनिवार्य रुपमा अवलम्बन गर्दै सामाजिक दुरी कायम गरी आफू सुरक्षित भई आम नागरिकहरुलाई समेत यसको संक्रमणबाट बचाउन हर सम्भव लाग्नु पर्ने बताए ।

साथै उनले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त, सहज र सुरक्षित बनाई आम नागरिक प्रति उत्तरदायी भई आचरणयुक्त तथा उच्च प्रहरी व्यावसायिकता झल्किने गरी जनमूखी प्रहरी सेवा सम्पादन गर्न समेत निर्देशन दिएका छन् ।

भिडियो कन्फरेन्समार्फत ट्राफिक महाशाखा प्रमुखले महिनाको पहिलो साता मातहत युनिटलाई निर्देशन दिनुका साथै मातहतले गरेका कामको जाहेरी लिइने छ भने अन्तिम साता अन्तरक्रिया गरिने महाशाखाले जनाएको छ ।

आगामी दिनमा उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धमा सर्वसाधारणसँग पनि यस्तो खालको भिडियो अन्तरक्रिया गरिने भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ५ : ४१ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा