कङ्गोमा सैनिक जवान कुटिएको घटनाबारे सेनाले थाल्यो छानबिन | Khabarhub Khabarhub

कङ्गोमा सैनिक जवान कुटिएको घटनाबारे सेनाले थाल्यो छानबिन


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफ्रिकी मुलुक कङ्गोमा भएको सैनिक जवान कुटपिटको घटनाबारे नेपाली सेनाले छानबिन शुरु गरेको छ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरीतको घटनामा संलग्न सबै जवान तथा अधिकृतमाथि छानबिन शुरु गरिएको हो ।

प्रवक्ता पौडेलले बिहीबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानविन शुरु गरेको खबरहबसँग बताए ।

अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा सैनिक जवान घाइते भएको प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ५२ बजे

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा