अब कलाकारको पारिश्रमिक ‘कार्ड’ ले फिल्म चल्लान् ? | Khabarhub Khabarhub

अब कलाकारको पारिश्रमिक ‘कार्ड’ ले फिल्म चल्लान् ?


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्माले २० लाख पारिश्रमिक लिएर एक नेपाली फिल्ममा काम गर्ने चर्चाले फिल्म क्षेत्र तात्यो । दार्जिलिङका एक निर्माताले निर्माण गर्न लागेको फिल्ममा पूजाले २० लाख पारिश्रमिक लिएको चर्चा चल्यो ।

यो हल्ला गतवर्षको हो ।

उक्त समाचार फैलिएपछि पूजाले सामाजिक सञ्जालमार्फत यो खबरको खण्डन गरिन् । जबकि, उनका निकटका साथीले नै पूजाले महंगो पारिश्रमिक लिएर फिल्ममा अनुबन्ध भएको हल्ला फैलाएका थिए ।

उक्त फिल्म कुन थियो र किन बनेन भन्ने अझै पनि अत्तोपत्तो छैन ।

पूजाले केही समयअघि ‘पोइ पर्‍यो काले’ मा अभिनय गर्न पनि २० लाख पारिश्रमिक लिएको हल्ला फैलियो । यो फिल्म रिलिज भएपछि भने दर्शकले उल्टो प्रश्न गरे – पूजाले २० लाख लिएको कि २० लाखमा फिल्म बनेको ?

पूजा मात्र होइन, साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की लगायतले पनि महंगो पारिश्रमिक लिएको चर्चा चल्ने गर्छ । साम्राज्ञीले फिल्म ‘रातो टीका निधारमा’ का लागि १५ लाख पारिश्रमिक बुझेको हल्ला फैलाइयो ।

फिल्म रिलिज भएपछि साम्राज्ञीका नाममा फ्याँकिएको पारिश्रमिकको कार्डले काम गरेन । यद्यपि रिलिजअघि फिल्मको चर्चा हुन केही राहत भयो ।

अन्य महिला कलाकारको पनि पारिश्रमिकलाई लिएर यस्तै हल्ला फैलिरहन्छिन् ।

हालै साम्राज्ञीले एक भिडियोमार्फत धेरै पारिश्रमिक दिने भनेर फैलाइने हल्ला ‘झूठ’ भएको बताएकी थिइन् । जबकि, उनलाई पनि बढी पारिश्रमिक दिइएको र नेपालकै महंगी नायिका भन्दै निर्माताले आफ्नो फिल्मको प्रचार गरेका थिए ।

बलिउडमा नेपोटिज्ममाथि बहस चलिरहँदा अभिनेता तथा मोडल पल शाहले कलाकारले पाउने पारिश्रमिकबारे बहस गरे । उनले सामाजिक सञ्जालमार्फत वर्षौंसम्म कलाकारले पारिश्रमिक नपाएकोबारे कसले बोल्ने भन्दै प्रश्न गरे ।

पलसँगै प्रदीप खड्का र अनमोल केसी पनि महंगो पारिश्रमिक लिने दौडमा छन् । धेरै पारिश्रमिक लिने भनेर चर्चा हुनेमा सबैभन्दा अगाडि अनमोल केसी छन् । त्यसपछि प्रदीप खड्का र पल शाह ।

पलले पारिश्रमिक नै नपाएको गुनासो गरिरहँदा निर्माताहरु भने उनलाई महंगो पारिश्रमिक बुझ्ने अभिनेता बनाउने धुनमा छन् ।

फिल्मकर्मीहरु कलाकारलाई महंगो पारिश्रमिक दिएको भन्दै फिल्मको ब्राण्डिङ गर्छन् । तर, फिल्म भने दर्शकको मन जित्ने गरी बनाउँदैनन् । लामो समयदेखि फिल्मकर्मीले पारिश्रमिकको कार्ड देखाएर दर्शकलाई फिल्मप्रति आकर्षित गर्न खोजिरहेका छन् ।

चल्तीका कलाकार पनि मौन रुपमा आफ्नो पारिश्रमिक बढेको देखाउन खोजिरहेका छन् । तर, फिल्म बनेर प्रदर्शनमा आइसक्दा उल्टो पाउनुपर्ने पारिश्रमिक पनि नपाएको गुनासो गर्नुपरेको छ ।

अब नेपाली फिल्ममा स्तरीय फिल्मलाई पनि लगानी उठाउन गाह्रो हुने देखिन्छ । किनकि, लकडाउनका समयमा दर्शकले धेरैभन्दा धेरै फिल्म हेरेका छन् । दर्शकलाई ती फिल्मको टेस्ट नेपाली फिल्मले दिन सकेन भने पारिश्रमिकको ‘कार्ड’ ले मात्र फिल्म चल्नेवाला छैन ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : ५५ बजे

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले