होटलको ‘स्पेशल डिस्क’ बन्यो सलह | Khabarhub Khabarhub

होटलको ‘स्पेशल डिस्क’ बन्यो सलह

कतै नोक्सान, कतै बिजनेश



बाग्लुङ गल्कोट वडा नम्बर ६ की २० वर्षीया संगीता बस्नेत आजभोलि दिनभरी सलह बटुल्छिन् । गाउँमा आएको सलह बटुलेर फाल्ने होइन, समातेको सलह होटलमा लगेर बेच्छिन् ।

संगीतासँगै अन्य बालबालिकाहरुको पनि विगत चारदिनदेखि खेतबारीमा छपक्कै बसेका बसेका सलहलाई प्लाष्टिकका डिब्बा, फेन्टा र कोक, स्प्राइटका बोतलमा जम्मा गर्ने र बिक्री गर्ने दैनिकी बनेको छ ।

एक साताअघि बाग्लुङ आएको सहलको झुण्डमध्ये केही सहल गलकोटा पाखामै रुमल्लिएका छन् । झण्डै एक सातादेखि आएको सलहले बालीनालीमा नोक्सानी पुर्याइरहेको छ ।

सलह धपाउन स्थानीय किसानले धुवाँ बाल्ने, टिन ठटाउने गरिरहेका छन् भने केहीलाई सलह आम्दानीको स्रोत बनेको छ ।

सहल प्रतिबोतल २० रुपैयाँदेखि ५० रुपैयाँसम्म बिक्री हुने गरेको बस्नेतले बताइन् । अनि, होटल रेष्टुरेन्टमा भने फ्राइ गरेर तयार पारेको सलहको परिकारलाई प्रतिप्लेट २ सयदेखि ३ सय ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको स्थानीय पत्रकार घनश्याम गौतमले बताए ।

सलह बन्यो स्पेशल परिकार

गल्कोटको मुल्य व्यापारिक केन्द्र मानिने गल्कोटमा होटल व्यवसायीहरुले सलहको स्पेशल परिकार बनाउने गरेका छन् ।

सलहको फ्राइ सलह, सलह करी, सलह चिल्ली जस्ता परिकार बनाउने गरिएको स्थानीय होटल व्यवसायी सागर खत्रीले बताए । अहिले गल्कोटका होटलमा सलहको परिकार ‘स्पेशल डिस्क’ बनेको उनले बताए ।

वर्षा भइरहँदा सलहले ठाउँ छाडेन

नियमित भइरहेको वर्षाका कारण सलह ठाउँ नछाडेको गल्कोट नगरपालिकाका कृषि शाखा प्रमुख हरीदत्त सुवेदीले बताए ।

‘केही दिनदेखि वर्षा भइरहेको छ’, सुवेदीले भने,‘तीन चार घण्टा घाम लागेपछि मात्रै बाली नाली खाएर सलह आकाशिन्छ ।’

पानी पर्दा भने सलह बालीनालीमा बसेपनि नोक्सान नगरेको उनले बताए । स्थानीयकाअनुसार लाखौंको संख्यामा रहेको सलहको बथान गल्कोटको वडा नम्बर ६, ७ र १० मा बढी देखिएको छ ।

गलकोटमा निकै बाक्लो मात्रामा भित्रिएको सलहले मकै, कोदो तथा तरकारी बालीमा नोक्सान पुर्याएको छ । कृषि शाखा प्रमुख सुवेदीकाअनुसार एक साताअघि बाग्लुङमा भित्रिएको सहल पानी परेकाबेला व्यवसायीक तरकारी खेति गरेको ठाउँमा जालीभित्र तर घर भित्रै छिरेर बसेको छ ।

तराइबाट आएको सलह शुरुमा बाग्लुङको तारखोलामा बसेको थियो । त्यसपछि सलहको समूह विभिन्न ठाउँमा फैलिएको सुवेदीले बताए । धुवा बाल्ने, थाल तथा टिन ठटाउने गर्दा पनि सलह नभागेको सुवेदीले बताए । उनकाअनुसार सलहले पुर्याएको क्षतिबारेमा तथ्याङ्क संकलन भइसकेको छैन ।

दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतबाट भित्रिएको सलह बुटवल हुँदै बाग्लुङतर्फ लागेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ३ : ५५ बजे

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा