चिकित्सक भन्छन् : गर्भवती र सुत्केरीले व्रत नबस्नू | Khabarhub Khabarhub

चिकित्सक भन्छन् : गर्भवती र सुत्केरीले व्रत नबस्नू


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साउन महिनाको दोस्रो सोमबार हिन्दू महिलाहरु व्रत बस्ने र भगवान् शिवको पूजा आरधना गर्ने गर्छन् ।

स्वस्थ व्यक्तिका लागि सातामा एकदिन व्रत बस्नु उपयुक्त भएपनि गर्भवती महिला स्तनपान गराइरहेका महिलाहरुका लागि व्रत वस्तु उपयुक्त नहुने चिकित्सकहरु बताउँछन् ।

गर्भवती महिलाले खाने खानाबाटै गर्भमा भएको शिशूका वृद्धिविकास हुन्छ । त्यसैले गर्भवती महिला व्रत बस्दा गर्भको बच्चालाई पनि पौष्टिक तत्व कम हुनसक्छ । यस्तै स्तनपान गराउने महिलाले व्रत बस्दा शिशूलाई दुध कम हुनसक्छ ।

व्रत बस्दा महिलाको शरीरमा ग्लुकोजको मात्रा कम भएर स्वास्थ्यमा समस्या देखिन सक्ने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।

‘स्वस्थ महिलाका लागि सातामा एकदिन व्रत बस्दा राम्रो हुन्छ तर गर्भवती तथा सुत्केरी महिलाका लागि व्रत बस्नु उपयुक्त हुँदैन,’ पोषणविद् उपाध्यायले भने, ‘व्रत बस्दा रगतमा ग्लुकोजको मात्रा कम हुन्छ, गर्भवती र स्तनपान गराइरहेका महिलामा शरीरमा ग्लुकोजको मात्रा कम हुँदा कमजोर हुनसक्छ ।’

यस्तै दीर्घरोगका बिरामीले पनि व्रत बस्नु उपयुक्त नहुने उनको भनाइ छ । यस्तै धेरै परिश्रम गर्नुपर्ने कामकाजी महिलाहरुले पनि व्रत बस्नु उपयुक्त नहुदैन ।

साउनको सोमबार व्रत बस्ने कतिपय महिलाहरु पानी समेत नखाने गर्छन् । पानी पनि नखाइ व्रत बस्दा शरीर कमजोर हुने उपाध्यायको भनाइ छ ।

व्रत बसेपनि फलफूलहरु खानु उपयुक्त हुने पोषणविद् उपाध्याय बताउँछन् । व्रत बस्ने महिलाहरुले गुलियो पदार्थ भने खान नहुने उपाध्याय बताउँछन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ३० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम